नेपाली सांस्कृतीक केन्द्र नेपाली घर सञ्चालन निर्देशिका तयार पार्न समिती गठन
✍️नातिबाब भट्ट,कोलोराडो, अमेरीका।कोलोराडोमा नेपाली भाषी समुदायको नेपाली सांस्कृती केन्द नेपाली घर निर्माणको लागी हालै खरिद गरिएको भवन सञ्चालन गर्ने निर्देशिका खाका तयार पार्न एक समिती गठन गरिएको छ ।
नेपाली घरको हालै सम्पन्न कार्य समितीको बैठकले छ सदस्यिय निर्देशिका खाका तयार समिती गठन गरेको हो ।
यसरी गठित समितीमा समाजसेवी तथा रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका पुर्व अध्यक्ष नविन दत्त, नेपाली घरका संस्थापक सदस्य तथा बर्तमान कार्यसमितीका सल्लाहकार रमेश गुरुङ, ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष शोम बराल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला , समाजसेवी/दाता तथा एनआरएन कोलोराडो च्याप्टरका सल्लाहकार प्रकास सिटौला र नेपाली घरका निवर्तमान अध्यक्ष तथा भवन खरिद समितीका संयोजक लछुमन राना रहेको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।
उक्त समितीलाई दुई महिना भित्र समाजमा रहेका सबै नेपाली भाषी समुदायको अपनत्व रहनेगरी सञ्चालन निर्देशिका तयार पार्न अनुरोध गरिएको छ । उक्त समितीले तयार परेको कार्य सञ्चालन निर्देशिका नेपाली घरलाई प्राप्त भएपछि कोलोराडोमा रहेका सबै संघ संस्था प्रतिनिधी, समाजसेवी, बुद्धीजिबी, गन्यमान्य, ब्यावसाही, पत्रकार र सर्बसाधारण समेतको राय सुझाव संकलन पश्चात अन्तिम रुप दिईने अध्यक्ष ढकालले बताएका छन् ।