कृष्ण जन्म अष्टमीको पावन अवशरमा भजन कृतन तथा प्रवचन कार्यक्रम अयोजना हुदै।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कृष्ण जन्म अष्टमीको पावन अवशरमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन तथा प्रवचन कार्यक्रम आयोजना हुने भएको छ ।

कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको आयोजनामा यही अगष्ट २६ तारिक सोमबार श्री कृष्ण अष्टमीको दिन सांझ ५.३० देखि राती ८ बजे सम्म  नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन तथा प्रवचन कार्यक्रम हुन लागेको हो ।

पंण्डित जिवन बरालबाट सुमधुर भक्तिसंगित संगै प्रवचन तथा भजन समुहका संयोजक यमप्रसाद पौडेलको संयोजन आउने भजन समुहद्वारा भजन कृतन हुने र श्रीकृष्ण भगवानको आरधना संगै प्रसाद बितरण कार्यक्रम रहेको नेपाली घरका रिसोर्स तथा फेसिलीटी अफिसर तथा भजन कृतन कार्यक्रमका संयोजक पुस्कर बस्नेतले बताएका छन । द्वापर युगका नायक कृष्णलाइ भगवान बिष्णुको अठौं अवतार मानिन्छ । उनी मथुरा राज्यको जेलमा यादब कुलका बासुदेब  संग बिहे भएकी कंशकी बहिनी देवकीको अठौं सन्तान रूपमा भाद्र कृष्ण अष्टमीका दिन जन्मेका थिए ।

हिन्दु धर्म सात्र अनुसार द्वापर युगमा पृथ्वीमा दानवहरूको अत्याचार बढेपछि तिनीहरूलाइ नासगरी सत्य र धर्मको रक्षागर्न बिष्णु भगवानले कृष्ण अवतारमा जन्म लिनुभएको उल्लेख छ ।

सोही भगवान कृष्णको पुजा आरधना सहित भजन कृतन गरेर मनाउन लगिएको कार्यक्रममा सहभागी भइ पुण्य आर्जन गर्न  नेपाली भाषी संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, बिभिन्न धार्मिक सम्प्रदायका प्रतिनधी, समाजसेवी, पेशाकर्मि, ब्यवसायी, तथा  नेपाली भाषी आमाबुबा ,दाजुभाई ,दिदिबहिनी  सबैलाई सहभागीताको लागी हार्दिक अनुरोध गरिएको  नेपाली घरका अध्यक्ष बसन्त लंसालले बताएका छन् ।