
✍️नातिबाबु भट्ट,कोलोराडो ।अमेरीका कोलोराडो कृयाशिल नेपालीहरुको साझा संस्था नेपाली घरको आगामी कार्यकालका लागी नयां कार्यसमिती चयनगर्न तिन सदस्सिय निर्वाचन समिती गठन गरिएको छ ।
संस्थाका अध्यक्ष लछुमन रानाको अध्यक्षतामा शनिबार सम्पन्न कार्यसमितीको बैठकले सर्वसम्मत तरिकाबाट तिन सदस्यहरुको नाम सिफारिसको हो ।
सल्लाहकार समितीका सदस्य तथा अर्थिक समितीका संयोजक डा.संगीता श्रोत्रियको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुवेदी रहेका छन् ।
बर्तमान कार्यसमितीको कार्यकाल गत जुनमा सकिएता पनि अहिले तिब्रताका साथमा चलिरहेको नेपाली सांस्कृतिक केन्द्रकोलागी प्रपर्टी किन्ने प्रक्रियामा सहज होस् भन्ने उद्धेश्यले संस्थाको बिधान अनुसार ६ महिना कार्यकाल थपिएको थियो । थपिएको अबधि आगामी डिसेम्बरमा सकिने भएकोले डिसेम्बर भित्र निर्वाचन प्रक्रिया सम्पन्न गरि नया कार्यसमितीका पदाधिकारीहरुको नाम घोषणा गरिसक्न निर्वाचन समितीलाई अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष रानाले बताएका छन् ।
नेपाली घरमा हाल ८२ आजिवन सदस्य, ६२ परिवार सदस्य र ४० साधारण सदस्य रहेका छन् । यस संस्थाको सदस्य बन्न सधै सबैलाई ढोका खुल्ला रहेको बताउदै अव बनेका सदस्यहरुले भने यस निर्वाचन प्रकृयामा आफ्नाे मताधिकार प्रयोग गर्न नपाउने संस्थाका उपाध्यक्ष जगदिश ढकालले बताएका छन् ।