दिदीबहिनी समुहद्धारा देउसी भैलो खेली संकलन गरिएको रकम नेपाली घरलाई हस्तान्तरण ।

✍नातिबाबु भट्ट , कोलोराडो अमेरीका ।कोलोराडोमा नेपाली सांस्कृतीक केन्द्र निर्माणकोलागी Sisters Group दिदीबहिनी समुह कोलोराडोले गत तिहारमा देउसी भैलो खेली संकलन गरिएको रकम आज एक समारोह बिच नेपाली घरलाई हस्तान्तरण गरेका छन् ।

नेपाली सांस्कृतीक केन्द्र निमार्णको संयोजन गर्दै आएको संस्था नेपाली घरका अध्यक्ष लछुमन रानालाई दिदीबहिनी समुहका संयोजक धन पौडेलले १४ हजार ७५ डलरको चेक हस्तान्तरण गरेकी हुन् ।

ब्रुमफिल स्थित जाईका रेष्टुरेन्टमा संम्पन्न कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी पत्रकार तथा सर्बसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रममा  देउसी भैलो कार्यक्रमलाई सफलपार्न सकृय रुपमा सहभागी भई अमुल्य सहयोग पुर्याउने ८ नालाई नेपाली घरद्धारा सम्मान गरिएको थियो ।

सम्मानित ब्यक्तिहरुलाई कार्यक्रममा उपस्थित बिभिन्न अतिथीहरुबाट दोसल्ला ओडाई सम्मान गरिएको थियो भने, दिदी बहिनी समुहलाई कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनु हुनेहरुमा धन पौडेल, शान्ति भुषाल, दिलकुमारी श्रेष्ठ, हरि लामीछाने, लक्ष्मी तिवारी, चन्द्रकान्त अधिकारी, नारायणी लामीछाने र देबी न्यौपाने रहेका छन् । उनीहरूलाइ नेपाली घरका अध्यक्ष लछुमन राना, नवनिर्वाचित अध्यक्ष जगदिशचन्द्र ढकाल, महासचिव बसन्त लम्साल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रकाश पौडेल, रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालको महिला संयोजक यसोदा भट्ट, नेपाली घरका बोर्डअफ डिरेक्टर उत्तरा बराल लगायतका अतिथीहरुले दोसल्ला ओडाई सम्मान गरेका हुन्  ।

कार्यक्रममा दिदीबहिनि समुहका संयोजक धन पौडेलले देउसी भैलोमा दान गर्ने दाताहरुको नाम पढेर सुनाएकी थिईन । उनले नब निर्वातिच नेपाली घरको पदाधिकारीहरुलाई बधाई दिदै संघ संस्थाको कार्यसमितीमा नयां पुस्तालाई संगट्दै जान सकेमात्र सामाजिक अभियानहरु सफलहुने सुझाव दिएकी थिईन । त्यस्तै उनले दिदीबहिनी समुह यस्ता सामाजिक कामकालागी सबै संघ संस्थाहरु संग हातेमालो गरेर आगाडी बढ्न सधै तयार रहेको बताईन ।

यसैगरी सोही कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन रानाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै, सांकृतिक केन्द्र निमार्णको लागी भवन खरिद प्रकृया अन्तिम चरणमा पुगेको बताए । दिदी बहिनीहरुको साथ र सहयोगले थप उर्जा प्राप्त भएको भन्दै भबिश्यमा पनि साथ र सहयोग निरन्तर पाईरहने आशा ब्यक्त गरेका थिए ।