नेपाली घरको दशौ साघारण सभा सम्पन्न, कार्यक्रम स्थलमा नेपाली सामुदायिक भवन खरिद गर्न २२ हजार डलर भन्दा बढि सहयोग संकलन ।
✍️नातिबाबु भट्ट , कोलोराडो ।कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको दशौं साघारण सभा आईतबार एक समारोह बिच सम्पन्न भयो । कार्यक्रममा नेपाली सामुदायिक भवन स्थापनाको लागी भवन खरिद गर्न दाताहरुबाट २२ हजार भन्दा बढि सहयोग संकलन भएको छ ।
नेपाल र अमेरिकाको राष्ट्रियगान बजाएर शुरु गरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको उलेख्य उपस्थिती रहेको थियो ।
ब्रुमफिल्ड स्थित मिनाज् रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तब्य दिदै अधिकांश वक्ताहरुले नेपाली घरको संयोजनमा तथा कोलोराडोमा रहेका सबै संघ संस्था, गन्यमान्य, बुद्धीजिवी ब्यवसाही तथा दाताहरुको सहयोगमा स्थापना गर्न लागिएको नेपाली सामुदायिक भवन खरिद प्रक्रिया अगाडी बढेकोमा खुशी ब्याक्त गरेका थिए ।
कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएको हुनाले नेपाली घर अत्यावश्यक रहेको भन्दै, संस्थाले घर निर्माण गर्दा सामाजिक सद्भाव नखल्बलिने खालको सबै नेपाली भाषीहरुको भेषभुषा, रिती रिवाज, धर्म संस्कृती झल्कने नेपाली घरको निर्माण गर्ने लक्ष्य पुरा गर्न सकोस भन्दै घर निर्माणको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसरी शुभकामना मन्तब्य दिनेहरुमा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष टिका पौडेल, एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष तथा एनआरएन आईसीसी बिजनेस अन्टोपोनसीप अमेरीका तथा क्यानडाका को— चेयर बासुदेव खनाल, नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्की, नेपाली घरका निवर्तमान अध्यक्ष योगराज गौतम लगायत रहेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार पुरुषेत्तम पाण्डे, नारायण श्रेष्ठ ,रमेश गुरुङ र राजेन्द्र शर्माको उपस्थिती रहेको थियो ।
नेपाली घरका अध्यक्ष लछुमन रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष जगदिश ढकालले शुभकामना मन्तब्य दिएका थिए भने महासचिव बसन्त लंम्सालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भोला कटुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन प्रस्तुतीको क्रममा कटुवालले भवन खरिद प्रकृयाकोलागी तोकीएको मिती नजिकिदै गर्दा डाउनपेमेन्ट गर्न केही रकम अपुग रहेको र सहयोग संकलन प्रकृया निरन्तर अगाडी बढिरहेको प्रष्ट्याए । उनले आजको मिती सम्म संस्थाको खातामा २ लाख ८० हजार ८ सय ४८ डलर रहेको र डाउनपेमेन्टको लागी ३ लाख ३३ हजार आवस्यक पर्ने बताएका थिए । सोही अवसरमा कार्यक्रममा उपस्थित दाताहरुले स्वस्फूर्द रुपमा २२ हजार डलर भन्दा बढि सहयोग रकम हस्तान्तर गरेका थिए । संस्थाले वेस्टमिनिष्टर स्थित एक बन्द चर्ज ९ लाख ५० हजार डलरमा खरिदगरी त्यसैलाई नेपाली सामुदायिक भवन बनाउन प्रकृया अगाडी बढाएको हो ।
भवन खरिद संगै सिटीको नियम अनुसार पार्किङलट निर्माण गर्नुपर्ने, मासिक मर्गेज तिर्न नियमित आम्दानीको श्रोत जुटाउनु पर्ने जस्ता कुरा आएपछि कार्यक्रममा उपस्थित समाजसेवी बासुदेव खनालले आफु कन्ट्रक्सन कम्पनीमा कामगर्ने र पार्किङलट निर्माणकोलागी आफुले यथासक्य छुटमा कच्चापदार्थ उपलब्ध गराउने आश्वासन दिए । त्यसैगरी मासिक मर्गेजकोलागी कृष्ण काफ्ले,राज ढुंगाना, बासुदेव खनाल, पुरुषोत्तम पाण्डे, गंगा चौलागाई लगायतले आफुहरुले यस आगाडी सहयोग गर्न प्रतिबद्धता जनाएको बाहेक आगामी २ बर्षसम्म थप मासीक पचास डलर सहयोग गर्ने आश्वासन दिएका थिए ।
कार्यक्रमको अत्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति लछुमन रानाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सबैको साथ र सहयोगले नै सामुदायिक भवन खरिद प्रकृया यहासम्म आईपुगेको भन्दै आगामी दिनमा पनि साथ र सहयोगको लागी सबै संग अनुरोध गरेका थिए । उनले यस महान अभियानमा जोडिन सबै नेपाली भाषी समुदायलाई अनुरोध समेत गरेका थिए । कार्यक्रमको सभा हल तथा चिया नास्ता मिनाज् रेष्टुरेन्टले निशुल्क उपलब्ध गराएको थियो ।