नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा खेलीएको देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार सांझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन भएको छ ।

नेपाली सांस्कृतिक केन्द्र भवनमा खेलीएको देउसी भैलोबाट ७ हजार ३ सय ७९  र अरोरामा संम्पन्न देउसी भैलो र्कायक्रमबाट ८ हजार ३ सय ५० गरी जम्मा १५ हजार ७ सय २९ संकलन गरिएको हो ।

कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो । कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बांकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

नेपाली सास्कृतीक केन्द्र भवनमा सम्पन्न देउसी भैलोको संयोजन समाजसेवी शान्ति भुषालले गरेकी थिइन् ।  बयोबृद्ध आमा जानुका कार्किद्धारा पानसमा बत्ती बालेर शुरुगरिएको  कार्यक्रममा लोक गायक महेश बुढाथोकी, लेखक तथा साहित्यकार श्रीप्रसाद पोख्रेल  लगायत  नेपालीभाषी बा आमा दाजुभाइ दिदी बहिनीहरुको उपस्थिती रहेको थियो । देउसी भैलो कार्यक्रमका संयोजक शान्ति भुषालले  कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकास पारेकी थिइन् । कार्यक्रममा महेश बुढाथोकी, दिनेशकुमार कार्कि लगायतका कलाकारहरुले गीत गाएका थिए भने बाल बालिकाहरुले नेपाली संगीतमा कुशल नृत्य प्रर्दशन गरि दर्शक श्रोताको मन जित्न सफल भएका थिए । कार्यक्रम नेपाली घरका महासचिव भोला कटुवाल र ईभेन्ट अफिसर दिनेशकुमार कार्कीले संयूक्त रूपमा संचालन गरेका थिए ।

अरोरा सेन्टिनियलको देउसी भैलो समाजसेवी कुमारजंग कार्कि संयोजनमा सम्पन्न भएको हो । कार्यक्रम बयोबृद्ध समाजसेवी तथा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठद्धारा पानसमा बत्तीबालेर उद्धघाटन गरिएको थियो । कार्यक्रमका संयोजक कुमारजंग कार्किले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइले कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकास पारेका थिए ।  त्यसैगरी अरोरा सेन्टिनियल नेपाली भाषी समुदायका निर्वतमान संयोजक नवराज न्यौपानेले समारोहमा उपस्थित लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा सनातन बैदिक शात्रका ज्ञाता, ज्योतिष तथा तान्त्रिक बिद्याका पारंगत दश महाबिद्याका विशेषज्ञ पंडित बिहंगमराज तिमिल्सिनालाइ कार्यक्रमका बिशेष अतिथी डा.जगदिश बरालले मयांको चिनो सम्मान पत्र प्रदानगरि सम्मान गरेका थिए ।

कार्यक्रममा नेपालीभाषी बाआमा दाजुभाइ दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई बितरित स्वादिष्ट खाना स्थानिय समाजसेवीले निरन्तर खटेर तयार बनाएको नेपाली घरका निर्वतमान अध्यक्ष जगदिश ढकालले बताएका छन् ।

कार्यक्रममा दिपक गौतम लगायतका कलाकारहरुले गीत गाएका थिए भने नेपालीभाषा पाठशालाका छात्रछात्राहरुले नेपाली राष्ट्रिय गान गएका थिए । कार्यक्रममा कलाकार भाइ बैनीहरुले शुन्दर नृत्य प्रर्दशन गरेका थिए ।

नेपाली घरले स्थापना कालदेखी निरन्तर रुपमा नयां पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेषभुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन देउसी भैलौ कार्यक्रम आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउछ । संकलित रकम समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्रको मर्मत संभार तथा मर्गेज तिर्न प्रयोग गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।