✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडोमा सकृय नेपाली संस्था हेल्पीङ हेण्ड हेल्थ एजुकेशन नेपाल र नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर)लाई आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले आयोजना गरिएको फन्ड रेजिङ डिनर कार्यक्रममा ७८ हजार १ सय ४० डलर संकलन भएको छ ।
नेपाली सांस्कृतिक केन्द्र ब्यवस्थापन तथा परार्मश समितीको संयोजन तथा यहां सकृय संघ संस्था, समाजसेवी बुद्धिजिवी, ब्यवसायी सबैको सकृयतामा हालै वेष्टमिनिष्टर शहरमा सम्पन्न दोश्रो फन्ड रेजिङ डिनर कार्यक्रममा उक्त रकम संकलन गरिएको हो । यस अघि गतबर्ष पनि यस्तै कार्यक्रम बोल्डरमा सम्पन्न भएको थियो ।
डिनर कार्यक्रममा Congress Man Joe Neguse स्थानिय बोल्डर, ब्रुमफिल, ब्राइटन शहरका मेयर, बोल्डर काउन्टी कमिस्नर, हेल्पीङ हेण्ड हेल्थ एजुकेशनलाई निरन्तर सहयोग गरिरहने स्थानीय समाजसेवी दाताहरु, हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी तथा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा नेपाली भाषी बाआमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा Congress Man Joe Neguse लगायत सम्पूर्ण उपस्थित महानुभावहरु समक्ष नेपाली घरको ईतिहास र बर्तमान अवस्थाको बारेमा नेपाली सांस्कृतिक केन्द्र ब्यवस्थापन तथा परार्मश समितीका सदस्य तथा समाजसेवी नविन दत्तले स्लाईड सो मार्फत जानाकारी गराएका थिए । त्यसैगरी हेल्पीङ हेण्ड हेल्थ एजुकेशनको बारेमा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानाकारी गराएका थिए । Congress Man Joe Neguse लगायत उपस्थित मेयर काउन्टी कमिस्नर लगायतले यस्तो गौरवमय कार्यक्रममा उपस्थित सहभागी हुनपाएकोमा खुसी ब्यक्त गदै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमा स्थानिय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रर्दशन गरेका थिए ।
यसरी सम्पन्न कार्यक्रमा नेपाली भाषी समुदायबाट २७ हजार ७ सय प्लेज र रजिष्टेसनबाट १३ हजार १५ गरी जम्मा ४० हजार ७ सय १५ सहयोग संकलन भएको थियो । यसैगरी स्थानीय अमेरीकी समुदायबाट ४० हजार ८ सय २५ प्लेज भएकोमा हालसम्म ३० हजार ८ सय २५ मात्र संकलन भएको र रजिष्टेसनबाट ५ हजार ६ सय गरी ३६ हजार ४ सय २५ संकलन भएको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । यसरी संकलित सहयोग रकमबाट खर्च कटाएर दुबै संस्थाले बराबर भाग लगाउदा ३१ हजार ६ सय ३१ डलर संस्थाहरुको खातामा जाने बताईएको छ ।
यसैबीच नेपाली सांस्कृतिक केन्द्र ब्यवस्थापन तथा परार्मश समितीका संयोजक डा. बिजयराज शर्माको अध्यक्षतामा सोमबार सम्पन्न फन्ड रेजिङ डिनरको समिक्षा बैठक सम्पन्न भयो । बैठकले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, दाता तथा कार्यक्रममा उपस्थित भएर शोभा बढाई दिएकोमा Congress Man Joe Neguse, स्थानीय मेयरहरु, ब्यवसायी, कलाकार, पत्रकार तथा नेपाली भाषी बाआमा दाजुभाई दिदीबहिनीहरु सबैलाई धन्यवाद दिएको छ ।
त्यसैगरी बैठकले कार्यक्रमको दौरानमा भएका साना तिना त्रुटी तथा कठिनाइ बारे गम्भिर छलफल गर्दै आगामी कार्यक्रममा यसलाई सुधार्दै जाने प्रतिबद्धता संगै कार्यक्रमलाइ आगामी बर्षहरुमा पनि निरन्तरता दिइने बताइएको छ ।