नेपाली घर संस्थाले पाँच हजार डोलार राहत कोष घोषणा गर्‍यो

अमेरिका कोलोराडो - कोरोना भाइरसले अमेरिकामा नराम्रो संग प्रभाब पारेकोछ साथै त्यहाँ रहेका नेपाली हरु पनि भाइरस बाट अछुतो रहेन । कोरोना संग लड्न नेपाली समुदाय हरुले संस्थागत रुपले बिभिन्न अभियान हरु संचालन गर्दै छन । अमेरिकाको कोलोराडो राज्यमा पनि नेपाली भाषी समुदायको लागी नेपाली घर संस्थाले पाँच हजार डोलार राहत र आवश्यक पर्ने माक्स हरु सहयोग गर्ने घोषणा गरेको छ । हाम्रो आवाज अन्लाईन संग प्रत्येक्ष कुराकानी गर्दै आज नेपाली घरको अध्याक्ष लछुमन राना ले कोलोराडो बासी नेपाली भाषी सबै लाई हतास नहुन पनि आग्रह गर्नु भयो ।