गीत

गीत -

एउटा साथी आज फेरी परदेश भासिने भो
देशको युवा,जोश,जाँगर त्यसै नासिने भो

छैन केही रोजगार यहाँ,कठीन छ जीवन जिउन
नसकीने केही गरेनि विषको प्याला पिउन
जसरी नै जिउनै पर्ने, दुई दिनको यो चोला
लाग्यो साथि परदेश अब जे जे होला होला ।

देशको माया बांधेको छु छातिभित्र कसी
पापी पेटले भन्दैन रैछ स्वदेश र बिदेशी
कसैगरी सकिएन दुईछाक गॉस टार्नलाई
मान्दैन मन बाल-बच्चालाई भोक भोकै मार्नलाई ।

✍️मणिराज बस्नेत
कोलोराडो अमेरिका ।