गीत
परदेशबाट परदेशिले याद मात्र पठाउने
यो मनको चाहना कतिछ कती कहिले पुर्याउने ।
नारिमा चुरा छिङ्छिङ बजाई सिउदो कोर्न मनछ
लजाएर घुम्टो घुम्टो बाट लुकी लुकी हेर्न मनछ
भावनामा यो मनलाई कतिन्जेल सधै बगाउने
यो मनको चाहना कतिछ कती कहिले पुर्याउने ।
कि लैजाउ मलाई पनि क्षितिजपारी त्यो शहरमा
कि फर्की आउँ,तिमि नराखन दोधारमा
कहिले आउला त्यो दिन खुशी संग रमाउने
यो मनको चाहना कतिछ कती कहिले पुर्याउने ।