गीत-“आमा प्रति समर्पित “

आमा आज देखी यो घर पनि सुनसान भयो
अब कसरी फर्कियौ गाउँघर सबै बिरानो भयो ।

अछेताको टिका विधारमा आशिर्बाद दिन्थ्यौ
कमाई ल्याउनु परदेशबाट ख़ुशी साटौ भन्थ्यौ
बेचिरहे बन्धकी सपनाहरु अब के नै बाँकी रहयो
आमा आज देखी यो घर पनि सुनसान भयो ।

कस्ले सोध्छ दुख पिर अब देखी सधै मलाई
टुहुरो यो जिन्दगीको कथा सुनाउँ कस्लाई
भन्थ्यौ सधै जोरीपारी दायाँ बायाँ राख्नु पर्‍यो
आमा आज देखी यो घर पनि सुनसान भयो ।

✍️गौतम सागर राई