गीत

गीत -

पानी खाने त्यो ढुङ्गे धारो नौमूले खोलाको
झल्कोमा आउँछ सुशेली हाल्दै मायाले बोलाको ।

निङ्गालो चोया कर्दले काटी,बुनेको डोकोलाई
कहिले पो पुरा गर्छौ नि कान्छा यो मनको धोकोलाई
पिठ्यूँमा डोको,डोकोमा गाग्री पानी है भरेको
नाम्लो बरियो थाप्लोमा भिरी ओराली झरेको ।

कप्टेरो बाँसको चिरेर सिन्का बनाउने हातले
दुना टपरी गाँस्नलाई राम्रो सालैको पातले
वर्षा र मासमा घुमओडी हिँडदा त्यो बेशी खेतमा
एकहोरे माया बसेकै थियो पहिलो भेटमा ।

✍️मणिराज बस्नेत
बोल्डर, कोलोराडो ।