कविता

कविता -

“म सन्चैछु “

आज भोली सबैले
सोध्छन सन्चो बिसन्चो
बरु सडक हरु खाली छन
बजार हरुमा भिडभाड छैन
किनमेल हुँदैन खुशी
क्रेता र बिग्रेता हरुको
भाउ नमिले जस्तो
मोलमोलाई हुँदैन सामान हरुको
सयौ बर्ष देखी
दुस्मनी भए जस्तो
एक अर्कामा
आत्मियता छैन कोही संग
बरु मान्छे बाट मान्छे
डराउन थालेका छन
त्यसैले म पनि सन्चैछु ।

बन्द कोठा भित्र बाट
कती लेखौ,कती पढौ
मृत्यु,अभाब,निराशाका
समाचार हरु ....
मानौ ,यस्तो लाग्छ
मृत्यु कुरेर भोली बिहानको
उज्यालोमा खुशिको
समाचार लेख्न पाउँ
हिजोको जस्तै
आफ्न्त बनुन मान्छे हरु
त्यही मान्छे हरु भित्र
बगिरहने भावनाको
नदी बनेर ,कविता लेख्न सकौ
अनी सुनाउन पाउँ
लय हालेर मान्छे हरुलाई
त्यसैले म पनि सन्चैछु ।

✍️गौतम सागर राई
हाल -कोलोराडो अमेरिका ।