राष्ट्रिय कविता प्रतियोगितामा कवि विक्रम पवन परियार प्रथम ।
✍ हाम्रो आवाज अनलाईन न्यूज । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा कवि विक्रम पवन परियार प्रथम भएका छन ।कवि परियारको गजल संग्रह ‘जलेको मुटु’ साथै ‘मौन सालिक’ खण्डकाब्य प्रकाशन गरिसकेका छन भने थुप्रै गीतहरु चर्चित गायक गायिकाहरुको स्वरमा रेकर्ड भएका छन ।
प्रतियोगीतामा तनहुँका गोविन्द गोपाल खतिवडा द्धितिय र खोटाङका तेज राई तृतिय भएका छन् । देशभरबाट प्रतियोगिताको लागी प्राप्त १७३ कविता मध्ये परियारले लेखेको ‘फर्क अब आफ्नै देश’ शीर्षको कविता प्रथम भएको हो । प्रतियोगितामा प्रथम भएसँगै कवि परियारले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कविता प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान पाउने प्रतियोगीहरुलाई सम्मान गर्दै पुरस्कृत गरेका छन् ।