कविता “ मान्छे नदी ”

हिमाल बग्छ उधो उधो हिमनदी बनेर
पहाड बग्छ  उसै उधो छ्ड़  छड छहारा भएर
मान्छे पनि बग्दो रहेछ-
सुस्तरी सुस्तरी  मान्छे नदि भएर

मान्छे नदी
गाउ  तन्कदै शहर तिर बग्छ
अनि शहर पनि  बग्छ
एक समय बोल्लो किनार ,पल्लो किनार मिलन  हुने अभिलासा साथ
आधा उतै ,यता यतै भगालोमा बाडिएर  निरन्तर

बग्नु त  हिज पनि बगेकै हो मान्छे
गौरबशालि  ईतिहास पनि
कोरेकै हो  बग्दै बग्दै हिडेका मान्छे
शिला पत्रमा पढिएकै  हुन्  गौरब  गाथा
आज  मात्र आफू बग्दै बग्दै गएका छैनन्
स्वयम् नदीमा नै अनुदित छ मान्छे
पोखरी जम्नु जस्तै ,
मान्छे नदि  बग्नु जस्तै
बान्की  मिलाई परिभाषित छ
नदिको धर्म बग्नु हो, बगी रहन्छ भनि रहदा
मान्छेको धर्म बग्नु हो या  जम्नु ?

सागर उठेर जादैन रहेछ  नदिको  भेट्न
ठोकिदै, बज्रिदै, पिल्सिदै, भाचिदै  नदि नै पुग्नु रहेछ  सागरमा

किनारका हरिया  बोट बृक्ष  छाड्दै
मात्र नागबेली नदि बग्नु जस्तो
होइन रहेछ जिबन  नदी बग्नु
मान्छे नदी  बग्दासंग  साथ नछाडी
बगाई जादो रहेछ उसैसंग  यावत सम्भावनाहरु
एक पछि अर्को झरी मिसिदा
चर्किएको  नदी गर्जन जस्तो  पनि होइन
मान्छे  नदी   सुसेल्दा
आवाज हिन  सुसेली उ भित्र  दबिएर  हरानुपर्छ
मान्छे नदी  बगिरह्दा
एक पछि अर्को   गल्छेडा पार गर्दै
धारले काट्दै बग्नु पर्छ पहाडका जरा
नया चोटले पुरानो दुख बिर्सौदै
निश्चय नै  नदिले पनि जघार  तर्नु पर्दोरहेछ
तरि  रहेछ

नदि छेउको  दुङ्गे बगर
पानीको  सिमाना बनि लमतन्न रहदा
मान्छे नदी  भने फैलावट सिमाहिन बग्दो  रहेछ

दौडिएकालाई हिड्नेले कसरि भेट्नु भन्दै
भेट्नकै लागि  दौड पनि होइन बग्नु
बग्नु असन्तोष ,
बग्नु ह्रदयको तृष्णा
बग्नु  महासम्पनाको चेस्टा पनि हुदै होइन भने ,
निष्ठा साथ मान्छे भेल बन्दै बग्नुको जवाफ देहिताको ?

तै ,नदी  बगी दिएको छ र
खडेरीले रापिएको   जमिन सिञ्चिएको छ ,
हराभरा छन  भोका खेतका  गह्राहरु
नदी  बगी दिएको छ र ,
पलेटि कसेर बात मार्दै  बसेको छन
ज्वाजल्यमा  निस्पट अधेरी रातहरु

एक रारा जम्न चाहदो हो शुभ्र ,शान्त सुन्दरतामा
एक हिमाल उभिन चाहदो हो उच्च गर्भानुभुतीमा
तर मान्छे बग्ने नदीमा अनुदित छ
नदीको धर्म बग्नुमा , जीबन सार्थकता खोज्दै  बिबस बगीरहेछ  ….

नदी जति  पानी बगी जावोस ,
मूहान संगको नाता चटक्क त्याग्न सक्दैन
मूलसंग नाल काटिएको दिन
अस्तित्व बिहिन बर्खे भेलको खहरे बनेर रहन्छ
नदि -नदि रहन्न
मान्छे -मान्छे रहन्न

बग्नुको तात्पर्यमा  स्वतन्त्र हुनु मात्र  पनि होइन
भन्दै भन्दै ,
मान्छे नदी रुपान्तरित छ

सागरबाट नदी  आफनो मुहानमा  फर्किन नसके जस्तो
कति कति  मान्छे नदीहरु   बिबस अल्मलिई  रहेछन
खोज्दै तरग्गित छालका भिडहरुमा
आफनो  पूर्ण पहिचान सहितको  मुहार

हिज  पुर्खालाई बगाउदै बगाउदै  फिजी,  बर्मा तिर पुराएई छाडे  जस्तो
आज फेरी  कसले कोरी रहेछ  बगि जाने मान्छे नदीको बाटो  ?

✍️ नीलम कार्की निहारिका
नर्थ क्यारोललाईन अमेरिका ।