कविता “ उठ् सुतेका मान्छेहरु हाे”
उठ् सुतेका महान मान्छेहरु हाे
तिम्रो अभाव छ समाजमा
तिमी सुतेर मात्र रहिरह्याै भने
समाज अन्धकारमा अस्ताउनेछ
साँच्चै निदाएकाहरु हाे
निदाएकाे जस्तो गर्नेहरु हाे
ज्ञान,चेतना र विवेक बाेकेर
देशकाे लागि उठ ।
यहाँ धेरै माैसम जस्ता
मान्छेहरुकाे भिड छ
माैसमकाे रुप बुझ्नेहरुकाे कमि छ
विकृति र विसंगतिकाे
खेती गर्नेहरुकाे कमि छैन
परिवर्तन र विकासकाे
बिषादी हाल्न ढिलो भइसक्यो
न्याय र समानताको
बीउ राेप्न
सुतेका युवाहरु हाे
फेरि बुध्द भएर उठ ।।
कराेडाै भुँईमान्छेहरुमा
मानताकाे भाषण देउ
शान्तिकाे पाठ पढाउ
अाशाकाे दीप बालिदेउ
सिङ्गो युग बदल्न
विचारकाे क्रान्ति गर
भाेलिकाे सुनाैलाे इतिहास बनाउन
अाज समाजमा फेरि लड्नै पर्छ
समाजका अन्याय,अत्याचारमा
परेकाहरु शाेषित मान्छेहरु हाे
मान्छे बन्ने काेसिस गर
अर्धनिन्द्रबाट उठ उठ
ए सुतेका मजदुरहरु हाे
नयाँ युग ल्याउनु छ
भाेलिका हाम्रा पुस्ताका लागि
जीवन समर्पण गरेर
उठ सुतेका अाम मान्छेहरु हाे
नत्र
भाेलि लाशहरु उठेर नारा घन्काउछन
सहिदकाे रगतले खाेला बग्छ
हाम्रो अस्तित्व नामेट हुन्छ
त्यसैले,
सुतेर नवस उठ युवाहरु हाे
किसान,मजदुरहरु हाे
याे युग हाम्रै हाे
याे युग तिम्रै हाे
हातेमालो गरेर उठ
सबै सुतेका मान्छेहरु
परिवर्तन बाेकेर उठ
याे अन्तिम संघर्षकाे लागि
सुनाैलाे विहान भेट्न ।।
✍प्रेमा संगम
कालिन्चाेक - ६, दाेलखा
हाल काेटेश्वर काठमाडौ
shiwakotideepak70@gmail.com