कविता- “भाेलिवाद जिन्दावाद “

हामी यति बाठा भएछाै कि
सारा जिन्दगी भुलेर
सुरक्षित भविष्य बनाउन
वादहरुकाे विडाे थामिरहेछाै ।

हामीले साम्यवादकाे नारा
समाजवादकाे नारा
नातावादकाे नारा
फरियावादकाे नारा
जीतकाे नारा
हारकाे नारा
जीन्दगीभरि अरुकाे दास बनेर
धेरै नाराहरु घन्कायाै ।
तर
अाफ्नाे लक्ष्य भेट्न भनेर
अाफ्नाे गन्तव्यमा पुग्न भनेर
सफलताको शिखर चुम्न भनेर
कहिले पनि संघर्ष गरेनौं
सारा चिज भाेलिलाई भाकेर
भाेलिवाद जिन्दावादमा रमायाै
हामी निकम्मा बनेर
हामी अरुका ढाक्रे बनेर
हामी लाछि बनेर
सुनाैला सपनाहरू मात्र देख्यौं
साँच्चै सफलता मात्र हेर्याै
दिवास्वपना मात्र देखेर
काम गर्न छाेडिदियाै,
अरुले घाेडा चढेको देखेर
अाफुले चाहिँ धुरी चढ्याै ।

कहिलेसम्म भाेलिलाई भाकेर
जीन्दगीकाे राजमार्ग काेर्ने हाे
हामी यति भाेलिवादी भएछाै
कुनै दिन खान,बस्न र लाउन समेत
भाेलिलाई साँचेर बस्दा
मानव अस्तित्व नै मेटिएर
कतै डाइनाेसर झै हुदैनाै ?

भाेलिवादकाे बाटो छाेडेर
अरु सबै वादलाई भुलेर
अाफैलाई निखार्न उठाै
अाफैलाई तिखार्न उठाै
त्यसपछि
सफलता र सम्मान भेट्नेछाै
उदेश्य र गन्तव्यमा पुग्नेछाै
कर्म गरेर त हेराै
निरन्तरता दिएर हेराै
भाेलिवाद र भाेलिवादीहरु
हामी बाट टाढा हुनेछन्

भाेलिवाद जीन्दावादकाे नारा
याे समाजबाट सधैंको लागि हराउनेछ
एउटा बर्बरताकाे युग सकिनेछ
सभ्य,सुसंस्कृत समाज बन्नेछ
हामी भाेलिवादलाई छाेडेर
साँच्चै मान्छे बन्ने छाै ।।

✍प्रेमा संगम
कालिन्चाेक -६, दाेलखा
हाल काठमाडौ ।