कविता

कविता-

“प्रियसी लक्ष्मी “

नगर्नुथ्यो एकतर्फी
गरिरहेँ सेवा तर
हुने थिएन लाभ किमार्थ मलाई
र पनि गरेँ लगानी नि:संकोच
शुन्य हातलागीमा

न त पाएँ बेचेर मोल तिनको
अझ भित्र्याएँ, सिङगारेँ मेरै खर्चले
न पाएँ मेटाउन प्यासा यौनको
ती फोस्रा चुम्बनहरु बाहेक
लाग्थ्यो अनि पनि
सुन्दरताले हराभरा लतीका होउ

अनि पो सुम्सुम्याएँ
छर्कँदै सुनपानीले बिहान बेलुका
गर्दै आएँ ध्यान एकतमासले
मनाउदै उत्सव
तिम्रै मुस्कुराहटमा

ओर्लन्थे छरपस्ट आँखाहरु
चुम्बन गर्दै तिम्रा सिल्की
सिउँदो, रसिला निधार, आखीभौ,
नयन, गाला, नाक,
भ्याएर ओठ सम्म पनि
र हम्फाल्छन्

आहा !
ब्लाउज र सारीको बीटले
सर्लङ्गै नङ्गाइराखेको
भी आकारमा प्रदर्शित
गलामा रसीला ओठहरुको
कामुक स्पर्शले त उमाल्छ नै हौ गर्मी
बिर्सन्छन् पो त बाटो पनि
पोटिला ती छातीका ढिस्काहरुमै

अनि फेरि ओर्लन्छन बटुलिएर
तँछाडमछाड गर्दै पाखै पाखा
खेल्दै चिप्लेटी
र अल्मलिन्छ्न छरस्टै
कम्मर वरिपरि र
शिला गर्न थाल्छन् मनलागी
खोतल्दै पत्रै पत्र के के

भेट भए जुन दिन हाम्रो
त्यस्तै छौ, उस्तै अझै
कति कामुक छौ होकी तिमी
फसिन्न तर त्यो वास्नामय
आकर्षणले बल गरून् जतिसुकै,
किनकि, अलग छ समाज मेरो
अलग छ तिम्रो
अनि त
मुठ्याएरै राखेँ यौन इच्छाहरु

बाटो अलग, अब देखि
साँचो प्रियसी
हुन मेरै अर्धाङ्गिनी,
सजाएर रहस्यको दरबारमा
धाएँ पलपल लुकिलुकी
राखेर गुमराहमा यत्तिका साल
ढाँट्नु छैन अब मेरी उनीलाई
त्यसैले
ओ... मेरी
स्स्सो.. प्रीयसी लक्ष्मी
चित्त फाट्यो मात्र होइन मेरो
अस्तित्व नै गुमनाम भयो
तिमी पनि मैलियौ,
च्याङ्फालै भयौ फाटेर
नगरुँ जोल्ठाउने कसरत
किनकि समातिसकेँ लठ्ठी
भरपर्दो युगको
त्यसैले, ब
लौ त बिदा है
सदा सदाको लागि ।

✍️भाई किराती
सोलुखुम्बु हाल - काठमाण्डौ ।