
✍️हाम्रो आवाज न्यूज ।क्यान्सस सिटी नेपाली साेसाइटीकाे नयाँ कार्यसमिति चयन तथा दशै विशेष कार्यक्रम क्यान्सस सिटीकाे अाेभरल्याण्ड पार्कमा गत शनिबार सम्पन्न भएकाे छ ।

नेपाली राष्ट्रिय गान र माैलीक नेपाली धिमे बाजाबाट सुरु भएकाे दशै विशेष कार्यक्रममा स्थानीय कलाकारहरुकाे सास्कृतिक कार्यक्रम प्रस्तुतिसँगै चर्चित गाएक दिपेश किशाेर भट्टराईकाे विशेष साङ्गितिक प्रस्तुती रहेकाे थियाे ।

कार्यक्रममा साेसाइटीका अध्यक्ष दिनेश गुरुङले गत दुई वर्षमा साेसाइटीले गरेका गतिविधिहरुकाे बारेमा जानकारी गराउनुका साथै साेसाइटीलाई सहयाेग पुय्ाउनु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।

सुबाेध अधिकारीकाे संयाेजकत्वमा रहेकाे तीन सदस्यीय निर्वाचन समितिले पुन: दिनेश गुरुङकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । निर्वाचन समिति संयाेजक अधिकारीले नयाँ कार्य समितिलाइ सपथ ग्रहण गराउनु भएकाे थियाे ।

त्यसै गरि उक्त कार्यक्रममा विभिन्न समयमा साेसाइटीलाई याेगदान दिनु हुने व्यक्तित्वहरु डा. ज्याेती रिसाल, डा.मन्दिरा राजकर्णिकार, डा. सिल्भिया राजभण्डारी, नेपाली पाठशालाकी शिक्षक सृजना उप्रेती, बालबालिकाहरुका लागि संचालन गरीएकाे अाइटी काेडीङ क्लासका शिक्षक अभिशेष दाहाल र साेसासाइटीका अाइटी विभाग प्रमुख प्रविन अधिकारीलाई सम्मान गरीएकाे थियाे ।

उक्त कार्यक्रममा स्थानीय कवि राजेन राईले कविता वाचन गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन दिपेश भट्टराई र कल्पना तामाङले गर्नु भएकाे थियाे ।
