कविता -
- सरोज भुसाल
- बेष्टमिनिस्टर , कोलोराडो ।
कविता - "पैसा "
पैसा हो सब थोक
पैसाले जे नी गर्दछ
पैसै हो सबको शत्रू
पैसाले नाश गर्दछ ।।
पैसा बन्दछ भगवान
यदि कर्मको हो भने
पैसानै काल बन्दछ
यदि लुटेको हो भने ।।
पैसा बिना मान्छेको
पाईला सर्दैन रोकिन्छ
पैसा भए साथमा
कालो नी सेतो देखिन्छ ।।
बिना श्रमको पैसाले
घमण्ड बास गर्दछ
जति पसिना सिन्चिए पनि
मजदुर भोकले मर्दछ ।।
पैसालेई हो दाजुभाई लाई
टाढा टाढा बनाउॅंनी
पैसाकै लोभी नेताले हो
देश कगांल बनाउॅं नी ।