नेपालका लागि प्रवासी नेपालीहरुको अभियान २०२० को तेश्रो बहस सम्पन्न ।

अमेरिका जुन १४ - नेपालका लागि प्रवासी नेपाली हरुको अभियान २०२० अन्तर्गत आज अमेरिकाको बिभिन्न राज्य हरु बाट प्रत्यक्ष  जुम बाट जोडिएर केहि अभियान्ताहरुको बहस सम्पन्न भएकोछ । बिशेष गरेर आफ्नो देश नेपाल बाट बाहिर बिदेशमा रहेर पनि सकेको केहि गरौ र देशको सिमारक्षा , राष्ट्र , राष्ट्रियता, स्वाधिनताको बिषयमा एक बनौ भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानमा जोडिने हरुको संख्या बढिरहेकोछ भने यो अभियानको अगुवाई थोमस बास्तोलाले गरिरहनु भएकोछ ।

आजको प्रत्यक्ष बहसमा थोमस बास्तोला,प्रकाश बस्नेत ,राजकुमार थापा ,राजु श्रेष्ठ ,देवकी पन्त ,सहभागी भएर आफ्नो बिचार राखेका थिए भने बहस कार्यक्रमको सञ्चालन गौतम सागर राईले गरेका थिए ।यो अभियानको तेश्रो पटकको बहस हो भने अरु जोडिनु हुने अभियान्तहरु संग पनि क्रमश प्रत्यक्ष आफ्नो बिचार सहित बहस निरन्तर हुनेछ । लगभग एक घण्टा भएको बहसको प्रत्यक्ष प्रसारण  हाम्रो आवाज अनलाईन टि.भि र www.hamroawaznews.com को फेशबुक लाईक पेज बाट गरिएको थियो ।