चलचित्र ‘काँडेतार’ को पोष्टर सार्वजनिक भएकोछ ।

काठमाण्डौ।गणतन्त्र दिवसरको अवसर पारेर चलचित्र ‘काँडेतार’ को पोष्टर सार्वजनिक भएकोछ । फष्टलुक पोष्टरमा अभिनेता, निर्माता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की लगायतका कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन्।

चलचित्र नवल खड्काले नै निर्देशन गरेका हुन् । चलचित्रमा नवल, गौरव, रेविका, सुरविनाको अलवा रविन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, प्रेम कार्की, महेश गिरी संजय खतिवडा,ज्ञानेन्द्र कोइराला, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ । कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकी छन् । सामना फिल्मस् प्रालिको ब्यानरमा ‘काँडेतार’ निर्माण भएको हो ।