उशाकिरणमा रम्नुपर्ने राजनीति, अनपेक्षित तुवाँलोको मुश्लोमा मुर्छित ।

✍️शंकर पन्त ,अमेरिका । धेरै लामो एतिहास देखी न्यायिक समानता, शान्ती  स्थायित्व र सम्ब्रिद्दीको आशामा ब्यग्र प्रतिक्षारत नेपाली राजनीति, झन्डै सात दशक भन्दा बढी लामो कम्युनिस्ट बिचार र आदर्शको संघर्शले बाँडेका सपनाहरुलाई बिगतको दुई ठुला कम्युनिस्ट पार्टी एकताले आशा जगाइदियो ! एकताका तमाम प्रकृयाहरुलाई  मिच्दै हतारो ढंगले निश्चित ब्यक्तिहरुको अगुवाइमा एकता सम्पन्न भए पनि नेत्रित्व  प्रतिको विश्वाश र भबिस्यको राजनीतिक  स्थायित्व,न्यायिक समानता,शान्ती र सम्ब्रिद्दीको भरोशा र चाहनाका कारण कसैले बिरोध  गरेनन ।  फलस्वरुप बिगत निर्वाचनमा एतिहासिक रुपमा बाम्पन्थीहरुको  झन्डै दुइतिहाइको सरकार बन्यो । स्वयम बाम्पन्थी राजनेताहरुले नै घोशित बाचाहरु पुरा गरिने ,देशमा  कायापलट हुने र अब कम्तिमा 50 बर्ष कम्युनिस्ट कै राज हुने ऊद्द्घोश गरे ।

बिडम्बना संसारका कुनैपनी  देशको बिकास र सम्ब्रिद्दी गफ र भाषन ले मात्रै भएको छैन र हुँदैन त्यसकालागी सोही अनुरुपको दृष्‍टिकोण अनी देश र जनता प्रती स्वक्ष भाव चाहिन्छ ।  शुरुका दिनमा अब केही हुन्छकी जस्तो देखिए पनि एकताको कम्जोर धरातल र निहित स्वार्थमा आधारित इगोका कारण नेत्रित्व फेरिपनी टकरावमा फस्यो !  सरकार  र पार्टी दुबैको नेत्रित्व केपी ओलीले गर्नुभएकोले यस्को समाधान पनि उहाँले नै गर्नु पर्थ्यो तर त्यस्तो हुन सकेन ।  झन उल्टै पार्टी बिभाजन गर्न अद्द्यादेश ल्याउने र अरुको पार्टी समेत बिभाजन गर्न लाग्ने काम गर्नु भयो। त्यसले टकराव अरु बढायो ! इगो र टकराव बड्दै जाँदा प्रधानमन्त्री ओली यहाँ सम्म पुग्नु भो कि “म नभए अरु कोही पनि छैन”! बलात सम्सद  बिघटन गर्नु भयो ! उहाँ बाहेक सबै पार्टीहरु र आम नागरिक समेत  त्यसको बिरुद्दमा भएपछी सम्सद  पुनर्स्थापना त भयो तर त्यो भन्दा खतरा षड्यन्त्र गरी उहाँ आफैले  गर्नु भएको एतिहासिक एकतालाई भात्काएर सर्बोच्च  अदालत मार्फत कुनै माग दाबी नै नगरिएको बिषयमा  एमाले र माओवादी   केन्द्रको पुनर्जन्म गराउन लगाउनु भयो ! यो नै नेपालको एतिहासमा न्याय र बाम्पन्थी राजनीतिको  कालो दिन हो !

आस्चर्य :-
न्यायालयले पार्टी एकिक्रित भएर, निर्वाचन  सम्पन्न भएर, सरकार गठन गरेर दुई बर्ष भन्दा बढी सरकार सन्चालन गरेर,परिस्थितिले उपनिर्वाचन समेत सम्पन गरी सकेपछी उनिहरुको आन्तरिक बिबादका कारण             एतिहास  भएका पार्टीहरुलाई आ आफ्नो पार्टीमा जाउ भन्छ ! त्यसलाई एकता तोड्न नचाहेका पक्षले पनि खुरु खुरु  मान्छन !  यदी त्यो गलत थियो भने निर्वाचन आयोगले किन स्विक्रित गर्‍यो ? अहिले माग दाबी नभएको बिषयमा समेत निर्णय  गर्ने सर्बोच्चले सरकार गठन हुँदा के हेरेको थियो ? अब यदी राजाबादीहरुले राज संस्था हटाउनु नियम संगत छैन पुनर्स्थापना गरी पाउँ भने भने राज संस्था फर्काउने ? त्यस्तै कसैले पञ्चायत फर्काउने  रिट गर्‍यो अनी पञ्चायत फर्काउने  ? यि सबै भस्मासुर शसकका घिनलाग्दा षड्यन्त्रहरु हुन ! यि अदालत  का नियम संगत सामान्य निर्णय  होइनन !
केपी  ओली :-
नेपालको राजनीतिक एतिहासमा र बाम्पन्थी  राजनीतिमा केपी ओली निकै चर्चित नाम हो उहाले त्याग  र योगदान पनि गर्नुभएको  छ ! र त्यसको प्रतिफल राज्यबाट प्राप्त पनि गर्नुभएको  छ ।

बास्तममा, जनताको बहुदलीय जनबाद, समाजवाद  अर्थात  कम्युनिस्ट दर्शनमा “म “होइन “हामी”भन्ने हुन्छ ।  त्यो कुरा स्वम मार्क्स र एंगेलले आफ्नो व्याबहारिक  जीबनमा समेत प्रयोग गर्नुभएको  थियो ।  मैले  केपी ओलिको जीबनमा हामी देखेको छैन उहाले आफ्नो कुरा जबर्जस्त लागु गर्नुहुन्छ र सबथोक  मै हुँ भन्नुहुन्छ  त्यो एउटा कम्युनिस्ट सदस्य ले भन्ने र गर्ने कुरा होइन ।  साँच्चै भन्ने हो भने महाकाली सन्धि देखी अहिले सम्म उहाले नगर्ने काम धेरै  गर्नु भएकोछ ! पछिल्लो सन्दर्भलाई हेर्ने हो भने पनि  दल बिभाजन गर्ने अद्यादेश ल्याउनु भो गलत  साबित भयो फिर्ता भयो  नेकपा छदै ९०० हुँदै १५०० सदस्यीय कमिटि बनाउनु भयो खोइ त्यो पनि कता छ ?असंबैधानिक र अलोकतान्त्रिक हिसाबले  सम्सद  बिघटन गर्नु भयो गलत साबित  भयो त्यो पनि पुनर्स्थापना भयो ! उहाँ लाई निती बिधी केही चाहिदैन आफ्नो चाहना नै सबथोक हो ! उहामा  कुनै नैतिकता र अनुशासन भए राजिनामा दिनु पर्थ्यो त्यसको बदला अदालतमा सत्ता र शक्तिको दुरुपयोग गरी बडो कुटिल ढंगले आफैले स्थापना गरेको नेकपा नै छप्काइदिनु भयो ! अब जब एमाले बिउत्याइयो फेरी उहाँ आफ्ना  बिरोधि लाई पुरै बाहेस गरेर एमाले छप्काउदै हुनुहुन्छ ! उहाको गतिबिधीले कम्युनिस्ट आन्दोलनलाई नै धरासाही  बनाएको छ ।  एतिहासमा उहाले कहिल्लै माँफ पाउनु हुन्न ! हो पार्टीमा अन्तर बिबाद भयो गल्ती र कमजोरिहरु अरुका पनि होलान तर त्यसको भार देश र जनतालाई  बोकाउन मिल्छ ? एउटा असल नेताले त्यसको आन्तरिक समाधान गर्न सक्दैन ? के बिधी र बहुमत नमान्ने मान्छे बहुदलीय जनबादी हुन सक्छ ? के नैतिकता हराएको मान्छे कम्युनिस्ट पार्टीको  नेता हुन सक्छ ?

अहिले केपी ओली एउटा असल राजनेता  भएको भए देशमा आज बिहानीको उशाकिरण छाउनु पर्थ्यो, तर मुलुकको राजनीति एउटा अनपेक्षित तुवाँलोको मुस्लोमा मुर्छित  भएकोछ ! बिकास सम्ब्रिद्दी र राजनीतिक स्थायित्व हुनु पर्थ्यो  त्यो भएन अब मुलुक फेरी फोहोरी राजनीतिक खेल र अस्थिरतामा प्रबेश गरेकोछ ! यसको मुख्य दोशी प्रधानमन्त्री  केपी  ओली नै हो ।

बिद्द्मान नेपाली राजनीतिमा मैले देखेका कुराहरु :-

१- बिडम्बना कम्युनिस्ट आन्दोलनले बिगतको गलत कोर्स लिएको छ ( संघर्श गर्ने सत्तामा पुग्ने निरंकुश र तानाशाही
बन्ने अनी पतन हुने ) यसलाई द्रिडता पूर्वक रोक्नु पर्छ ।

२- अदालतको षड्यन्त्रमुलक गलत फैसलाको बिरुद्द नेकपा नै एकिक्रित रुपमा अभियानमा जानु पर्थ्यो ।

३- ओली प्रब्रितिलाई कायम राखेर गरिने हरेक एकता प्रयास थप घातक छन ।

४- सबै राजनेताहरु सैद्दान्तिक जगको निम्नतम नम्स अनुरुप सच्चिन जरुरी छ ।