रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको निर्वाचन सम्पन्न गर्न तिन सदस्सिय निर्वाचन समिती गठन ।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडोको सबै भन्दा पुरानो नेपाली भाषीहरुको सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल को आगामी कार्यकालका लागी नया कार्य समिती चयन गर्न तिन सदस्सिय निर्वाचन समिती गठन गरिएको छ ।

संस्थाका अध्यक्ष्य टीका पौडेलको अध्यक्ष्यतामा हालै सम्पन्न कार्यसमितीको बैठकले सर्बसम्मत तरिकाबाट तिन  सदस्सिय निर्वाचन समिती गठनगर्न सिफारिस गरेको हो । डा. शारदा काफ्ले त्रिपाठीको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा कुमार जंग कार्की र अन्जुली शर्मा रहेका छन् ।

वर्तमान कार्यसमितीको कार्यकाल आगामी अप्रिल १५  (नेपाली नया बर्ष) का दिन सकिन लागेको ले  मार्च मसान्त भित्र  निर्वाचन गरिसक्ने लक्ष्य राखेर यो निर्वाचन समिती गठन गरिएको हो । आगामी मार्च महिना भित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी नया कार्यसमितीका पदाधिकारी र बोर्ड सदस्यहरुको नाम घोषणा गरिसक्न निर्वाचन समितीलाई अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष्य टीका पौडेलले बताएका छन् ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालमा हाल सम्म १४० जना आजीवन र ४० जना साधारण सदस्यहरु रहेका छन् । यस संस्थाको सदस्य बन्न संधै सबैलाई ढोका खुल्ला रहेको कुरा अध्यक्ष्य पौडेलले जानकारी गराएका छन् ।