
अमेरीका। उवर चलाएको अवस्थामा रंगभेदको शिकार भइ तीनजना महिलाको दुव्र्यवहारमा परेका नेपाली चालक शुभकर खड्काको सहयोगका लागि अहिलेसम्ममा २० हजार डलरभन्दा वढी जम्मा भइसकेको छ ।
आफ्नो गाडीमा चढेकी एक यात्रुले मास्क नलगाएको कारण मास्क लगाउन लगाउंदा शुभकरमाथि ती महिलाहरुले आक्रमण गरेका थिए । यो घटना क्यालिफोर्नियाको हो । दुइदिन अघि भएको यो घटनालाई अमेरिकी सञ्चार माध्यमहरुले प्रमुखताका साथ प्रकाशित गरेका छन् भने ती महिलाहरुले दुव्र्यवहार गर्न खोजेको भिडियो भाइरल भएको छ ।
चालक खड्काले मास्क लगाउन अनुरोध गर्दा ती महिलाहरुले खड्काको अनुहार नजिक खोक्ने, मास्क चुडाइदिने, फोन चोर्न खोज्ने जस्ता हर्कत गरेका थिए ।
मास्क नलगाउने भए आफ्नो गाडी छाड्न अनुरोध गर्दा ती महिलाहरुले गाडीवाट उत्रिएपछि गाडीभित्र खुर्सानीको धुलो स्प्रे गरिदिएका थिए ।
मलाई एशियन भन्ने चिनेर नै दुव्र्यवहार गरेका हुन्, खड्काले स्थानीय सञ्चार माध्यमहरुसंग भनेका छन् ।
सायन वानिष्टरले खोलेको गोफण्ड खातामा उवरले चालक खड्काको गाडी सफा गर्न यथेष्ट पैसा नदिएको र खड्का तत्कालै गाडी चलाउन जाने मानसिकतामा नभएकोले केही समयका लागि खर्च जोहो गरिदिन आग्रह गरिएको छ । गोफण्ड खाता खोलेको ७ घण्टामा नै सहयोग राशी २० हजार पार गरेको छ ।
उवरले ती यात्रुहरुको एकाउन्ट रद्ध गरेको जानकारी दिएको छ तथापि चालक खड्कालाई यथेष्ट सहयोग नगरेकोमा सर्वत्र आक्रोस व्यक्त गरिएको छ ।
प्रारम्भमा स्प्रे गरिएको खुर्सानीलाई छोप्ने कपडा किन्न भनी २० डलर उपलव्ध गराउने भनेको उवरले अन्तिममा १२० डलर मात्रै उपलव्ध गराएको थियो तर यो घटनावाट चिन्तित अमेरिकन नागरिकहरु नै अहिले उनलाई सहयोग गर्न क्रियाशिल भएका छन् ।
सन्फ्रान्सिस्को वेस रहेकी वेटी यु नामक पत्रकारले उवर चालक खड्कामाथि भएको दुव्र्यवहारको भिडियो फेसवुक तथा ट्वीटरमा राखेपछि यो सर्वत्र पुगेको थियो ।
स्ोत - नेपाल तस्विर
भिडियो लिंक
UBER RIDERS COUGH ON, ASSAULT, PEPPER SPRAY DRIVER
— Betty Yu (@BettyKPIX) March 9, 2021
Driver Subhakar Khadka, who is South Asian, says he believes he was targeted because of his race. He picked up 3 women in the Bayview yesterday afternoon on San Bruno Avenue. https://t.co/Tzr7kTfyKQ pic.twitter.com/f8PiHDZ9CZ