प्रेस बिज्ञप्ती ।

नक्कली शरणार्थी  र भ्रस्टाचारले गिराएको छ देशको साख,
निस्पक्ष र सत्य तथ्ययुक्त छानबिन र सशक्त  कारबाही हाम्रो माग ।

मातृभूमी  नेपालमा निरंकुश राजतन्त्रलाई बदलेर लोकतन्त्र स्थापना भएको तीन दशक भन्दा बढी भयो । राजनैतिक रुपमा  ठुला ठुला परिवर्तनहरु  भए । पञ्चायत र राजतन्त्रको अबशान पछि संघीय  गणतन्त्र नेपालको स्थापना  भयो ।  तर राजनीतिक चरित्र संस्कार र चिन्तनमा साँचो राष्ट्रवादीता  र सभ्य लोकतान्त्रिक परिवर्तन आउनुको सट्टा धुर्त्यांइ र छदमभेषीता  बिकशित भयो । त्यसले गर्दा  नेपालको आर्थिक सामाजिक र राजनीतिक अवस्था लाई  समेत बर्वाद  गरेर भ्रष्टचारलाइ  पुरै सङठित र संस्थागत गर्‍यो ।  अहिले देश आर्थिक रुपमा कंगाल र राजनैतिक रुपमा अस्थिर र द्वन्द्धरत  रहिरहनुको मुल कारण यो पनि हो ।

अहिले नेपालमा उदांगिएको  नक्कली भुटानि शरणार्थी  प्रकरणले  भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको  स्वाभिमान र शीर समेत निहुर्याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाइ  अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रिले लिनु भएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौ ।  साथै आम जनता र अन्य परिस्थिती समेतले साथ दिएको यो सुनौलो अबसरमा आफु र आफ्नो पार्टी  भन्दा पनि देशलाई  माथि राखेर दृढता   र निर्भिकता पूर्वक अगाडी बढदै भ्रष्टचार  निर्मुल पार्न जोडदार माग गर्दछौ ।

लोकतन्त्रमा दलीय नेतृत्वनै  नै भ्रस्ट भएपछि परिणाम त  अप्रिय नै हुन्छ ।  अहिले देखिएको दलहरु प्रतिको आम वितृष्णा  अराजनितिक माहोल र प्रतिगमनकारी  शक्तिहरुको चुरीफुरी यसैको उपज हो ! अहिले शुरु भएको छानविनले नक्कली शरणार्थी प्रकरणमा केही आरोपिहरु पक्राउ परेका छन भने केही फरार भएका छन । जे होस यसले गर्दा धेरैको सातो गैसकेको छ र ठुला भनिने पार्टीहरुको श्रीष   नेतृत्वनै लर्बराएको छ । यदी यो छानबिन प्रकृया सहि रुपमा अगि बढ्यो भने निश्चित रुपमा पक्राउ पर्नेहरुको  यो संख्या बढने स्पष्ट संकेत देखिएको छ । यहाँहरुलाइ अवगत नै छ कि अमेरिकाको अग्रणी सामाजिक सँस्था , हाम्रो संगठन प्रवासी   नेपाली एकता मन्च अमेरिका कुनै अमुक  ब्यक्ति  पार्टी समुह बाट सुशासन सहितको कानुनि शासनको सामान्य अवधारणालाइ समेत चुनौती दिन्छ  अनि संविधान  र कानुनलाइ उल्लङ्घन  गरेर आर्थिक अपराध  समेत गर्छ भने तिनीहरु जोसुकै भए पनि उनीहरुलाइ हदै सम्मको कारवाही हुनुपर्छ भन्ने मान्यता राख्छु  ।
त्यसैले यो नक्कली शरणार्थी तथा आर्थिक अपराध कान्डको सत्य र तथ्यपूर्ण छानबिनको प्रकृयालाई कुनै पनि हालतमा कम्जोर हुन नदिएयोस र यो वाहेकको अन्य आर्थिक अपराध कर्महरुको पनि सत्य तथ्य छानविन गर्दै दोषीलाइ कारवाही होस भन्ने जोडदार माग गर्दछ । यसको साथै प्रवासी नेपाली एकता मंच अमेरिकाले भ्रष्टचारमा मुद्दा  लागेका कोहि कसैलाइ स्वागत सत्कार नगर्ने अनि त्यस्ता पात्रहरु सहभागी कार्यक्रम वहिष्कार गर्ने र अरु संग सँस्थालाइ पनि त्यसै गर्न अनुरोध गर्ने निर्णय गरको पनि जानकारी गराउन चाहन्छौं ।

शंकर पन्त
अध्यक्ष प्रवासी नेपाली एकता मन्च अमेरिका