कोलोराडोको शुन्दर शहर बोल्डरमा नेपथ्य ब्याण्डको  साँगितिक कार्यक्रम हुदै।

✍️गौतम सागर राई,कोलोराडो अमेरिका।कोशेली कोलोराडोको आयोजनमा यही अगस्ट ३ तारेख शनिबार कोलोराडोको शुन्दर शहर बोल्डरमा नेपथ्य ब्याण्डको भब्य साँगितिक कार्यक्रम हुने भएकोछ।

Boulder Theatter 2032 14 TH ST Boulder Co 80302 मा साँझ ६ बजेबाट मुख्य ढोका खुल्ला हुने साथै ७ बजेबाट बिशेष साँगितिक कार्यक्रम सुरु हुनेछ।कार्यक्रममा प्रवेशको लागी प्रति ब्यक्ती $१०० डलर र भि.आई.पी.को लागी $२०० डलर तोकिएकोछ साथै टिकट अन्लाईन र बक्स अफिस  बाट पनि प्राप्त गर्न सकिनेछ।

सो साँगितिक साँझमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन कोलोलोराडो बासी र नेपाली भाषी सबैलाई हार्दिक आग्रह गर्दै कोलोराडो कोशेलीका मार्केटिङ म्यानेजर राजन गुरुङले आज बाट नै कार्यक्रमको तयारीमा लागेको हाम्रो आवाज अन्लाईलाई बताए ।