आलोक चाम्लिङ राईको `ए होउ सोल्टिनी सार्वजानिक ।

✍️हाम्रो आवाज न्यूज । दिनदिनै नयाँ-नयाँ गीतहरू सार्वजनिक हुने क्रममा गीतकार आलोक चाम्लिङ राईको `ए होउ सोल्टिनी…´ पनि स्टुडियो किङ्को युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

पुर्बेली लोकगीत सङ्गीतमा अत्यधिक रुचाइएको गायक गायिका कृष्ण भक्त राई र सुनिता थेगिमद्वारा स्वरवद्ध यो गीतमा सङ्गीत तथा सङ्गीत संयोजन मनोज साङ्सोन राईले गरेका छन् ।

पुर्बेली लोक लयमा आधारित यो गीतमा गीतकार, सङ्गीतकार एवम् गायक गायिकाले बेजोड प्रस्तुति दिएका छन् । केही महिना यता पुर्बेली लोकगीतहरू रिलिज गर्ने क्रममा ग्याप् भैरहेको बेला रिलिज भएको यो गीतसँगै अब पुन पुर्बेली लोकगीतहरूको सार्वजनिक हुने क्रममा गति बढ्ने आशा गर्न सकिने कुरा युट्युब कमेन्टमा आएका श्रोताहरूको प्रतिक्रियाबाट देखिन्छ ।

गीतको भिँडियो लिकं यहाँ