निजि हस्पिटलहरुको उदेश्य पैसाकमाउन मात्र हो कि सेवाको लागि पनि हो?

सरला नाछिरिङ- काठमाण्डौ

अहिले संसार एउटा बिषम परिस्थिमा छ। यत्तिबेला विश्व आतंकित छ।(कोभिड 19 ) कोरोना भाईरसका कारण मर्ने हरुको संख्या  दिन प्रतिदिन बढ्दो छ्। हाम्रो जस्तो अल्पबिकसित देशमा यस्तो सङ्क्रमणको सामना गर्नु त्यत्ति सजिलो छैन। मुख्य कुरो त हाम्रा स्वास्थ्य चिकित्सक, सुरक्षाकर्मि लगायत नागरिकले दस रुपैया पर्ने गुणस्तरिय एउटा माक्स सम्म लगाउन पाएका छैनन्।

यस्तो असहज परिस्थितिमा पनि हरेक नागरिकहरुले जिम्मेवार भई ईमान्दारिता प्रदर्शन गरिरहेका छन। यसरी हामिले एउटा असहज परिस्थितीका बिच सम्भाबित संक्रमणबाट आफ्नो सुरक्षा अपनाई रहेको बेला अन्तराष्ट्रिय समुदायहरुले कसरि यस्को सामना गर्दैन त ?  त्यो पनि हेर्न जरुरी छ। दुखद कुरा  अहिले हाम्रो देशमा डेलिभरि केस लगाएत अन्य बिरामिहरु हस्पिटलको बेडमा छट्पटाई रहदा स्लायन पानी चढाइदिने स्वस्थकर्मी कर्मचारि  सम्म पाउन सकिरहेको छैन कारण आवस्यक उपकरण र सुरक्षा सामाग्रीहरुको उचित ब्याबस्था नहुनु हो।

स्वस्थ्यकर्मी हरुले हामिलाई पीपीई ,किट, लगायत आवस्यक सामान चाहियो भनेर अस्पतालको आगनमा आन्दोलनकारीले झैं माग राख्नु स्वभाबिक छ तर हाम्रो सरकार संङ्ग कत्ती क्षमता छ भन्ने कुरापनी यो घटनाले उदांङ्गो पर्छ र यो हाम्रो बाध्यता र यथार्थता पनि हो।अनि हामि नेपाली हरुको लागि निक्कै दुखद र दुर्भाग्यपुर्ण कुरो पनि हो।

अन्य संसारको मै हुँ  शक्तिशाली मुलुक भन्ने हरु त आज कोरोना भाइरसको अगाडि निरिह भएका छन हामिले के गर्न सक्छौं भन्ने हामिमाझ एउटा निरासाको धुँवा उठिरहेको छ तर जसरि चाइनाले यस्लाई नियन्त्रणमा लियो त्यो हाम्रो लागि एउटा उदाहरण बन्न सक्छ र हामी र हाम्रो देशले यो अफ्ट्यारो परिस्थितिलाई जसरि भए पनि सामना गर्नै पर्ने बाध्यता छ र यो चुनौती लाई सामना गर्दै यो अवस्था सम्म सरकार र जनता एकता बद्द भएर नै याहाँसम्म आईपुगिएको छ।

यदि यो भयाबह अवस्थामा निजि हस्पिटल हरुले सरकार संङ्ग सहकार्य गरेर बिरामी उपचारमा सहज बनाएर आवस्यक सेवा दिन सकेन भने सरकारले ती हस्पिटल हरुलाई कालोसुचिमा राखेर तुरुन्तै कार्बाही गर्नु पर्दछ।

तर यत्तिबेला कोरोना भाइरसकको प्रकोपको बेला निजि हस्पिटल हरुले भने राम्रो भुमिका खेलिरहेको देखिँदैन यस्मा तुरुन्तै सरकारको ध्यान जान जरुरी छ। हामिकहाँ अहिले खरबौको निजि होस्पिटलहरु बनेका छन र होस्पिटलका छतमा हेलिकप्टर ल्याण्ड गरेर उपचार गर्न सक्ने क्षमता भएको होस्पिटलहरु ( ग्राण्डि होस्पिटल, हेम्स होस्पिटल, मेडिसिटि होस्पिटल, ॐ होस्पिटल , के एम सि होस्पिटल जस्ता दर्जनौ छन यस्ता महङ्गो र ब्याबस्थित उपचार गर्न सक्ने  क्षमता राखेका र यस भन्दा अगाडि उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएको खण्डमा लाखौको पैसामा बार्गेलीङ गर्ने होस्पिटलाहरु आज यो  सङ्कटको घडिमा किन चुप लागेर बसिरहेका छ ?

उनिहरुको उदेश्य पैसाकमाउन मात्र हो कि सेवाको लागि पनि हो? सहज समयमा होस्पिटलको छतमा हेलिकप्टर ल्याण्ड गरेर उपचार गर्न सक्ने होस्पिटलले यो असहज परिस्थिमा किन उपचार गर्न नसक्ने ? यदि यो भयाबह अवस्थामा निजि हस्पिटल हरुले सरकार संङ्ग सहकार्य गरेर बिरामी उपचारमा सहज बनाएर आवस्यक सेवा दिन सकेन भने सरकारले ती हस्पिटल हरुलाई कालोसुचिमा राखेर तुरुन्तै कार्बाही गर्नु पर्दछ।

जस्तै ब्यक्तिगत अथवा संस्थागत हिसाबले यो अबस्थामा महावीर पुन जस्ता व्याक्तिहरु गरेको कोशिसलाई सरकारले सम्मान गर्नु सक्नु पर्दछ र संरक्षण गर्दै त्यस्को सम्बर्द्धन तिर पनि सरकारले ध्यान दिनु पर्दछ। त्यसैले सहज परिस्थितिको बेला जति पनि बिरामिकोको उपचार गर्न सक्ने प्राइभेट होस्पिटलहरुले आज उपचार गर्न सक्दिन भन्न पाउदैनन, बिरामी राख्ने ठाउ छैन भन्न कुनै पनि हालतमा पाउदैन यो छुट यिनिहरुलाई छैन र दिनु पनि हुन्न, यत्तिबेला हेलिकप्टर ल्याण्ड गर्ने छतमा राखेर भएपनि उनिहरुले बिरामी उपचार गर्नु पर्छ्।

यो उनिहरुको कर्तब्य हो। यत्तिबेला देशले ७२ सालको बिनास्कारी भुकम्पको सामना गर्दा होस अथवा मित्र राष्ट्र भारतले लगाएको नाकाबन्दिको सामना गर्नु पर्दाको त्यो दुखद समयमा होस त्यत्तिबेला जसरी सरकार, जनता र निजि क्षेत्र, जनता र सरकार एक भएर त्यो परिस्थितिलाई जितेका थियौं हो त्यही एकता आजको पनि सबैभन्दा महत्त्वपूर्ण आवस्यक्ता हो। अझ नेपालको सवालमा त निजि क्षेत्रको झन महत्वपूर्ण भुमिका रहन्छ।

यस्तो अवस्थामा भ्रष्टाचारको कुराहरु आईरहेका छन ती कुराहरुमा आफू स्पष्ट हुनुपर्यो कि परेन सरकार ?

त्यसैले कोहिपनी यत्तिबेला आफ्नो भुमिका, जिम्मेवारी, र कर्तव्यबाट भाग्न पाईदैन। र सरकारले यो अवस्थामा केहि गरेन भन्ने पटक्कै हैन तर पनि ति सडकमा मागेर सडकमै बास हुनेहरुका लागि कस्ले आखा लगाउने हो? तिनिहरुपनी खाने र बाँच्ने अधिकार बाट बन्चित नहुन भन्ने हो र अर्को कुरा तिनिहरुसङ भाईरसको सङ्क्रमण छैन र हुन्न भन्ने आधार के छ ?

तिनिहरु सडकमा डुलिरहेकै छन त्यसैले तिनिहरुको पनि ब्याबस्थापन गर्न जुरुरि देखिन्छ्। सके चाँडो ती लक्ष्यित बर्गहरुको माझ राहत पुर्याउ नत्र झुठा आस्वासन नदेखाउ । निर्यातमा असहज छ भने अत्तिआवस्यक सामान हरुमा आत्मानिर्भर हुने योजना पनि बनाउ जस्तै माक्स  घरायसि सामान आफै उत्पादन गर्न सकिन्छ, सेनिटाईजर बनाउने विधि सिकाउनु पर्यो त्यो पनि बनाउन सकिन्छ यस्ता यस्ता कुराहरुमा सरकारले योजना ल्याउनु पर्यो अनि काम हुन्छ।

त्यसैले सहज परिस्थितिको बेला जति पनि बिरामिकोको उपचार गर्न सक्ने प्राइभेट होस्पिटलहरुले आज उपचार गर्न सक्दिन भन्न पाउदैनन, बिरामी राख्ने ठाउ छैन भन्न कुनै पनि हालतमा पाउदैन।

अनि यो भाइरसका कारण नेपालमा अहिले सम्म मृत्यु नभए पनि बिदेशि भुमिमा नेपालीहरुको मृत्यु हुने सङ्ख्या बढ्दो छ आफ्नो दुताबास हरुलाई कृयासिल बनाएर त्याहाँको सरकार संङ्ग सहकार्य गरेर जिबित हरुलाई सुरक्षित ठाँउको ब्याबस्था मिलाउनु पर्यो मृतक हरुको ब्याबस्थापनमा ध्यान दिनु पर्यो अनि हाम्रो देशमा मृत्यु भएका हरुको संख्या र संक्रमित हरुको संख्या कत्ती हो कुन कुन अवस्थामा छ्न सरकारले उक्त जानकारी हरु जनतालाई दिनु पर्यो सुचनाको हक बाट बन्चित बनाई गुम्राहामा जनतालाई राख्न मिल्दैन।

सन्चार माध्याम हरुबाट सुनिएको छ दुई दिन अगाडि मरिसकेका  संकास्मत मृतकहरुको रिपोर्ट अहिले सम्म आएको छैन अरे। अर्को कुरा यस्तो अवस्थामा भ्रष्टाचारको कुराहरु आईरहेका छन ती कुराहरुमा आफू स्पष्ट हुनुपर्यो कि परेन सरकार ? अनि बिना आधार र बिना प्रमाण समाचार सम्प्रेशण भयो भनेर अनलाईन मिडिया हरुपर्ती आक्रोश मात्र पोख्ने हो कि पारदर्सी र जिम्मेवारी पुर्बक सरकारले गर्ने काम र कर्तब्य पनि गर्ने हो सरकार?