
सरला नाछिरिङ- काठमाण्डौ
बिस्व अहिले कोभिट 19 ( कोरोना) भाइरसबाट आक्रान्त भैरहेको अबश्थामा केहि समयको लागि लकडाउनको घोषणा भएकोछ। यो कसैको लागि होइन स्वयम आफ्नै लागि हो , भन्ने कुरा बुज्दाबुज्दै पनि यहाँ केहि कुरा लेख्नै पर्छ भन्ने लागेर आयो करिब 3 महिना अगाडिदेखि अनियन्त्रीत रुपमा यो भाइरस (कोभिड 19 ) विश्वभरि फैलिदै गर्दा बिस्तारै बिस्तारै नेपालमा पनि देखा पर्यो त्यस लगत्तै नेपाल सरकारले बिनातयारी एकदमै छोटो समयअवधिमा लकडाउनको घोषणा गर्यो।
आखिर हाम्रो जस्तो बिकासोन्मुख देशमा अन्तराष्ट्रीय मित्रराष्ट्रहरुसंङ्ग सहयोगको हात अगाडि बढाएर सहकार्य नगरी नेपालले मात्रै आफ्नो क्षमताले न्युनिकरण गर्ने सक्ने स्थिति छैन। यसो भन्दै गर्दा लकडाउन गलत कदम हो भन्न खोजेको कदापि होइन तर यहाँ सरकारले दैनिक उपभोग्य बस्तुहरु रासन पानी चामल ,दाल, नुन, तेल, तरकारी र हात धुने साबुन, सामान्य औसधिहरु सेनिटाइजर जस्ता यो लकडाउनको अवधीभर दैनिक जिबनमा प्रयोग हुने सामाग्रीहरुको राम्रो ब्याबस्था र सहज उपलब्द गराउने बाताबरण मिलाउन सकेको थिएन।
होम क्वारेन्टाइनमा आम जनतालाई राख्नु भन्दा पहिले अन्तर्राष्ट्रिय हवाई सेवाहरु सरकारले किन बन्द गरेन ? सर्बसाधारण जनतालाई लाठि चार्ज गरेर क्वारेन्टाइनमा राख्ने अनि राष्ट्रिय अन्तराष्टिय हवाई यातायातलाई तुरुन्त बन्द गर्नुपर्ने ठाँउमा निरन्तर आवागमन सुचारुगरेर संक्रमितहरुको संख्या घटनुपर्ने ठाँउमा सरकारको असक्षमताको कारण उल्टै दिनदिनै बढिरहेको छ ,यसको जिम्मेवार सरकार हो कि होईन ?
यत्तिकैमा ति निम्न बर्गको दैनिक कामगरेर खाने मज्दुर हरुलाई आफ्नो पेटको लागि बाहिर निस्किन नमिल्ने गरि घरको चारकुने कोठा भित्र बन्धक झैं बनाएर राख्दा यी बर्ग साँच्चै सबैभन्दा ठूलो मर्कामा परेको छ। यी बर्गको दैनिकी गुजाराको लागि आवस्यक समस्याहरुको सम्बोधन गर्न सरकारको पहिलो दायित्वभित्र पर्छ कि पर्दैन ? होम क्वारेन्टाइनमा आम जनतालाई राख्नु भन्दा पहिले अन्तर्राष्ट्रिय हवाई सेवाहरु सरकारले किन बन्द गरेन ? सर्बसाधारण जनतालाई लाठि चार्ज गरेर वारेनटाईनमा राख्ने अनि राष्ट्रिय अन्तराष्टिय हवाई यातायातलाई तुरुन्त बन्द गर्नुपर्ने ठाँउमा निरन्तर आवागमन सुचारुगरेर संक्रमितहरुको संख्या घटनुपर्ने ठाँउमा सरकारको असक्षमताको कारण उल्टै दिनदिनै बढिरहेको छ,यसको जिम्मेवार सरकार हो कि होईन ?
भारत संङ्गको सिमानाका बन्दनगरी आवत जावतमा सतर्कता नअपनाउदा त्याहाँबाट पनि संक्रमित हरु छिरेको छैन भन्ने के प्रमाण छ ? यी संक्रमित हरुबाट अझै अरु संक्रमण फैलिदैन भन्ने आधार के छ ? के यस्को जिम्मेवार सरकार होईन ? अझ जनतालाई सरकारले खाद्यन्न लगायत अन्य अति आबश्यक बस्तुको अभाब हुन दिदैनौ भनेर आस्वासन दिएर अल्झाई रहेका छन के आस्वासनले जनताको चुलोमा खिचडी पाक्छ ? के आस्वासनले मात्र जनताको पेट अघाउछ ? यहाँ अचम्मको कुरो त के छ भने जनप्रतिनिधि भनाउँदा हरु वडाअध्यक्ष देखि अन्य उच्च ओदाहमा बस्ने ब्याक्तिको त कोठाको सामान पनि यहिँ समयमा ओसारपसार पनि गर्न पाउने हरेछ ती ब्याक्तिहरुमा चाहिँ के त्यो संक्रमण हुँदैन सर्बसाधरण जनतामा मात्र संक्रमण हुने हो र ? लकडाउन त भयो तर निमुखा ,मजदुरि,गरिबको लागि मात्र साँच्चैको सास्ती देखियो कहाँनीर यो प्रष्ट देखियो भने भोक मेटाउनको लागि एकबोरा चामल घरमा लिएर आउदैगरेको मज्दुरलाई साइकल रोक्न लगाएर चारपाउ टेकाई भाटाले ढाडमा सुम्लो बस्ने गरि सरकारी लाठी बजारि निर्मम कार्बाही गरियो।
मेरो भनाई कत्तिमात्र हो भने सरकारी नियम तथा आदेश निमुखालाई मात्र होईन सबैलाई बराबर लागोस र संक्रमित भएर मर्नु भन्दा अगाडि भोकमरिले कोहिपनी मर्न नपरोस ती बर्ग प्रती बेलैमा सरकारको ध्यान जाओस
तर त्यहि ठाउँमा एककल फोनको भरमा पहुँचवाला वडाअध्यक्षको समन निर्बाध ओसारपसार गर्न दिइयो। सरकार यो क्वारेन्टाइनमानै बस्ने समय हो तर ती निम्न बर्गका मजदुर बर्गहरुले आफ्नो भोक टार्न कहाँ समस्या सुनाउने हो त ? उच्च ओदाहमा बस्ने जनप्रतिनिधिलाई ? कि सुरक्षाकर्मीहरु लाई ? यत्ती भन्दै गर्दा यो सरकारको बिरोध होईन रचनात्मक आलोचनाको रुपमा हेरिदिए राम्रो हुन्छ मेरो भनाई कत्तिमात्र हो भने सरकारी नियम तथा आदेश निमुखालाई मात्र होईन सबैलाई बराबर लागोस र संक्रमित भएर मर्नु भन्दा अगाडि भोकमरिले कोहिपनी मर्न नपरोस ती बर्ग प्रती बेलैमा सरकारको ध्यान जाओस र अन्तमा यो बिश्वब्यापी कोरोना भाईरसपर्ती सबैजना सजक भयौं भने अन्तत मानबजातिले यस्लाई छिट्टै परास्त गर्दैछ अब त्यो दिन धेरै टाढा छैन औसधि बिज्ञानमा बिष्वास गरौं जहाँ जहाँ भएपनी ईमान्दारिताका साथ संक्रमणबाट बच्ने नियमहरुको पालना गरौं धैरियता नगुमाऔं बिष्वस्त बनौं कि अब हामी हाम्रो मुक्तिको दिनको एकदमै नजिक पुगिनै सकेकाछौं।