निषेधाज्ञाको एक महिनामा १११ सवारी कारबाहीमा

सोलुखुम्बु – सोलुखुम्बुमा निषेधाज्ञा लागू भएको एक महिनामा १११ वटा सवारी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जेठ महिनामा १११ वटा सवारी कारबाहीमा परेका छन् ।

८ वटा ट्रकबाट ६ हजार, ५ वटा ट्रिपरबाट ५ हजार, कार, जिप ट्याक्टरबाट १९ हजार, ४९ वटा मोटरसाईकलबाट ४० हजार, अटोरिक्साबाट ५ हजार रुपैँया राजस्व संकलन भएको हो । निषेधाज्ञा उल्लङघन गरेको तथा लाईसेन्स र ट्राफिक नियम पालन नगरेका सवारीबाट ८८ हजार रुपैया राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनमा १४२ सवारीबाट ९२ हजार ५ सय, भदौमा ११७ सवारीबाट ७७ हजार, असोजमा २१६ सवारीबाट एक लाख ५० हजार, कार्तिकमा १८२ सवारीबाट एक लाख २५ हजार, मंसिरमा २५० सवारीबाट एक लाख ६६ हजार ५ सय, पुसमा २७१ सवारीबाट एक लाख ७२ हजार, माघमा ३०८ सवारीबाट एक लाख ९९ हजार ५ सय, फागुनमा २९९ सवारीबाट दुई लाख एक हजार ५ सय, चैत्र महिनामा ३३० सवारीबाट दुई लाख २२ हजार, बैशाखमा १९३ सवारीबाट एक लाख ३४ हजार ५ सय र जेठमा १११ सवारीबाट ८८ हजार राजस्व संलकन गरिएको छ ।