(एनआरएनए)अमेरिकाको अध्यक्षमा ५ हजार ६ सय १८ मत ल्याई सुवेदी विजयी ।

हाम्रो आवाज न्यूज । (NRNA )अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै बिजय भएका हुन ।

अमेरिका भरी २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए ।सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई अध्यक्ष पदका ४ जना प्रत्याशी मध्ये ३ जना कृष्ण लामिछाने,डा.अर्जुन बन्जाडे,तिलक केसीलाई पछि पार्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा बिजयी भएका छन् ।