एनआरएनए कोलोराडो च्यापटरमा ३४९ मत ल्याएर आर सी पन्त अध्यक्षमा निर्वाचित ।
हाम्रो आवाज न्यूज । (NRNA) अर्थात गैर आवासीय नेपाली संघ कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्त विजयी भएका छन् । आफ्नो प्रत्याशी कुमार जङ्ग कार्कीलाई हराउँदै ३४९ मत ल्याएर पन्त च्याप्टरको अध्यक्षमा निर्वाचित भएका हुन ।
हाम्रो आवाज अन्लाईन संगको प्रत्यक्ष कुराकानिमा नव निर्वाचित अध्यक्ष पन्तले आफ्नो प्रत्यशी उपबिजेताहरु संग सहकार्य गर्दै च्यापटरलाई गतिशिल बनाउने र सबै संघ संस्थाहरु संग मैत्रिक सम्बन्ध स्थापित गर्दै काम गर्ने प्रतिबद्धता जनाए ।
साथै आफ्नो कार्यकालमा कोलोराडोमा रहेका नेपाली भाषिहरुको जनसंख्या संकलन गर्ने र कोलोराडोमा एनआरएनए को सदस्य संख्या बढाउने ,केन्द्रले दिएको जिम्मेवारी संस्थागत गर्दै अगाडी बढ्ने पनि पन्तले बताए ।