एनआरएनए कोलोराडो च्यापटरको अध्यक्षका प्रत्याशी कुमार जंग कार्किको चुनाबी घोषणा पत्र सहित आफ्नो प्यानल सार्बजानिक ।
हाम्रो आवाज न्युज । यती बेला अमेरिकामा एनआरएनए अर्थात् गैर आवासीय नेपाली संघ अमेरिकाको चुनाबि माहोल तातिएकोछ ।बिभिन्न पदमा आ-आफ्नो उमेद्द्दुवारी घोषणा गर्दै कार्ययोजना सहित घोषणा पत्र सार्बजानिक गरिरहेका छन । यसै गरी अमेरिकाको कोलोराडोमा पनि एनआरएनए कोलोराडो च्यापटरको अध्यक्षका प्रत्याशी कुमार जंग कार्किले आफ्नो प्यानल सहित चुनाबी घोषणा पत्र सार्बजानिक गरेका छन ।
“एकपटकको नेपाली संधैको नेपाली”
एनआरएन कोलोराडो च्याप्टरको २०२१–२०२३ को कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार कुमार जंग कार्की समूहको प्रतिवद्धतापत्र
आदरणीय कोलोराडोवासी नेपाली अग्रज, बुवाआमा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक अपिल :
एनआरएन कोलोराडो च्याप्टरको आगामी कार्यकाल २०२१–२०२३ को लागि हुनगइरहेको आसन्न निर्वाचनको निम्ति हाम्रो अनि राम्रो, समावेशी, जुझारू, अनुभवी, परिपक्व, युवाहरूसहितको सन्तुलित टिम हजुरहरुको सेवाको निम्ति तम्तयार छ । एनआरएन कोलोराडो च्याप्टरलाई अझ सशक्त, पारदर्शी, परिणममुखी बनाउन समाजसेवी, सञ्चारकर्र्मी, कलाकारहरू सम्मिलित स्वतस्फूर्त होनहार, समाजसेवी महिला, युवा, अनुभवीहरु रहेको हाम्रो समूहलाई अमूल्य मतदिई विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं ।
हाम्रो समूहको प्रतिवद्धताहरु यसप्रकार रहेका छन् :
१) कोलोराडोस्थित विभिन्न नेपाली संघसस्थाहरुसंग समन्वय, सहकार्य एवं सम्बन्ध विस्तार गर्नेछौं ।
२) कोलोराडोमा निर्माण हुने सामुदायिक भवन निर्माणमा एनआरएनको बचनवद्ध सहयोग सुनिश्चित गर्न आवश्यक भूमिका निर्वाह गनेर्छौं ।
३)एनआरएन अमेरिकाको विधानको अधिनमा रही संस्थाको उद्धेश्य पूरा गर्नका निम्ति तत्पर रहने छौं ।
४)कोलोराडोस्थित समाजका अगुवा, बुद्धिजिवी, व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुसंग नियमित सल्लाह तथा सुझाव लिनेछौं ।
५) नेपालबाट पाल्नुहुने नेपाली दाजुभाइ, दिदीबहिनीहरुको लागि शुरुका दिनमा बसोबासको व्यवस्था, रोजगारीका लागि एवं अन्य आवश्यक आधारभूत पक्षमा सहयोग गर्नेछौं ।
६) नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको जगेर्ना गर्ने छौं (नेपाली पाठशाला अरौरा, हिमालयन लायन्स क्लब लंगमन्ट) लाई आवश्यक सहयोग गर्नुको साथै अन्य स्थानमा समेत नेपाली पाठशाला सञ्चालनको लागि आवश्यक पहल गर्नेछौं ।
७) एनसीसीसंग प्रभावकारी र समन्वयकारी भूमिका निर्वाह गर्दै हेल्प डेस्कलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेछौं ।
८) एनआरएन कोलोराडो च्याप्टरका गतिविधि एवं कोष पारदर्शितामा विशेष जोड दिनेछौं ।
९) कोलोराडोमा एनआरएनको सदस्य संख्या बृद्धिका लागि सक्रिय पहल गर्ने छौं ।
१०) राज्यका विभिन्न निकायसंग सहकार्य, समन्वय एवं सम्बन्ध विस्तार गरी कार्यक्रमहरु संञ्चालन गर्नेछौं ।
११) युवा तथा महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासमा विशेष पहल गर्नेछौं ।
१२)अमेरिकास्थित नेपाली राजदुतावाससंग समन्वय गरी कोलोराडोमा घुम्ति सेवा सञ्चालन गर्ने ।
१३)कोलोराडोमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्नेछौं ।
१४)सवारी चालक अनुमति पत्र प्राप्तका लागि नेपाली भाषामा परीक्षा दिन पाउने व्यवस्था गर्न कोलोराडो राज्य सरकारसंग आवश्यक पहल गर्नेछौं ।