NRNA क्षेत्रीय साखा मलेसियाले अन्लाईन साधारणसभा ,दिपावलिको सुभकमना विशेष कार्यक्रम गर्ने।
✍️ तिलोचन गौतम क्वालालम्पुर ,मलेसिया - गैर आवासीय नेपाली संघ मलेसिया जोहोर बारु क्षेत्रीय साखा समितिले एक वार्षिय कार्यकाल पूरा गरि दोस्रो बर्षमा प्रवेश गरेको अबसरमा अनलाइन बार्सिक साधारणसभा गर्ने भएको छ ।
बर्तमान परिस्थिति लाइ मध्यनजर गर्दै एहि नोभेम्बर १४ तारिख सनिवारका दीन NRNA मलेसियाको जोहोर बारु क्षेत्रीय साखाको सम्पर्क कार्यालय बाट अनलाइन बार्सिक साधारणसभा तथा दिपावलिको सुभकमना आधानप्रधान कार्यक्रम गर्ने तय भएको छ।सोहि अबसरमा जोहोर बारु क्षेत्रीय साखाले गरेका काम को समिक्षा तथा बार्सिक खर्च आय ब्याय समेत सार्बजनिक गर्ने भएको क्षेत्रीय साखाका अध्यक्ष मिम गुरुङ ले जानकारी दिनुभयो ।
मलेसियाका विभिन्न ठाउँमा समस्यामा रहेका नेपालीहरु लाई राहत तथा उद्धार गर्दै आएको संघको क्षेत्रीय साखा को स्थापना 2017/12/24 तारीख आइतबार का दीन भएको थियो । मलेसिया को राजधानी बाट झन्डै ३00 किलोमीटर टाढा रहेको जोहोर राज्य मा ठुलो सङ्ख्यामा नेपालि कामदार रहेको र तिन्का समस्या समाधानका निम्ति पहिलो पटक सन 2017/12/24 मा रबि लाल अधिकारी को अध्यक्षतामा 21 सदस्यीय क्षेत्रीय समिति को गठन भएको थियो ।
तेस्तै 21 july 2019 मा दोर्सो अधिवेशन बाट १९ सदस्य समिति सहित मिम गुरुङ सर्बसहमतिमा NRNA क्षेत्रीय साखाको अध्यक्ष पदमा नियुक्ति हुनुभएको थियो । गैर आवासीय नेपालि संघ मलेसियाले विभिन्न समयमा समस्यामा परेका नेपालि कामदार लाइ सहयोग तथा उद्वार गर्दै आएको छ ।
गत 22/9/2019 आइतबार देखि सम्यस्या परेका कामदारहरुलाइ सम्पर्क कार्यलयनै स्थापना गरि विभिन्न तबरले श्रमिक हरुलाइ सहयोग गर्दै आएको र मलेसियामा रहेका संघ सस्था हरु मध्य NRNA क्षेत्रीय साखा उत्कृष्ट काम गर्दै मलेसियामा रहेका श्रमिक हरुमाझ परिचीत छ।