नवलपरासीकका धन बहादुर थाडा को मलेसियामा मृत्यु ।



       मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ  कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी  सुनौलका धन बहादुर थाडा मगर कम्पनी को गए राती मलेसियामा निधन भएको छ ।


बिगत ९ बर्स देखि  मलेसियामा कार्यरत धन बहादुर थाडा मगर को हृदयघात का कारण मृत भएको प्रारम्भिक अनुमान साथीहरूले लगाए पनी के कारणले मृत्यु भएको बनेर रिपोर्ट आउन बाकी रहेको छ । मृतक को सव पोस्टमार्टमको लागि मलेसियामाको जोहोर बारुको कुलाइ स्थित सुल्तान हस्पिटल लगिएको कम्पनी मा कार्यरत सहकर्मी  मोतिराज हमाल ले जानकारी दिए।

कम्पनी श्रोत का अनुसार आबस्यक कागजात र कानुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कार को लागि सव नेपाल पठाउने भएको छ।