ओखलढुंगामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो
ओखलढुंगा – ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं ६ का १ जना पुरुष र खिजीदेम्बामा गाउँपालिका वडा नं ५ का १ जना पुरुष रहेका छन् । उनीहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले बताए ।
जिल्लामा यसअघि ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।