बासुदेवको ‘परे मत माया जालैमा’(फोटो फिचर)
काठमाण्डौँ – गायक बासुदेव राईको लोक आधुनिक गीत ‘परे मत माया जालैमा’को छायांकन सकिएको छ । आइतबार बुढानिलकण्ठ नगरपालिकाले निर्माण गरेको पालिका पार्कमा छायांकन गरिएको हो ।
प्रियजन राईको निर्देशनमा तयार हुने गीतको भिडियोमा सुशान्त आरटी र सानी लगुनले रोमान्स गरेका छन् । विकास नेपालीको कोरियोग्राफ रहेको भिडियो मोहन कुमार झिल्लुले खिचेका छन् ।
शिव संगम राईको गीत र संगीत रहेको गीतमा बासुदेव संग मेलिना राईले स्वर दिएकी छिन् । गीतमा सुन्दर लामाले संगीत संयोजन गरेका छन् । भिडियो केही दिनमै डिजिटल बजारमा पठाइने निर्माण टिमले बताएको छ ।
भोजपुरको दिङलामा जन्मेका बासुदेव भुपू इन्डियन आर्मी हुन् । उनै बासुदेवले एकपछि अर्को गीत बजारमा ल्याउदैछन् ।
केही दिन अघि मात्र ‘परदेशीको जीवन’बजारमा ल्याएका उनी ‘परे मत माया जालैमा’बोलको गीत ल्याउने तयारी गरेका हुन् ।
उनी भन्छिन्, ‘सम्झनाका लागि गीत गरिराखुँ ।’