चैत्र पहिलो हप्ता भित्र १ देखि ९ सम्मको परिक्षा लिन सम्बन्धित विधालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन
काठमाण्डौ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ उच्च जोखिम रहेको हुनाले कक्षा-१ देखि कक्षा -९ सम्मका सबैविधालयहरुलाई यही चैत्र पहिलो हप्ता भित्र परिक्षा लिन भनेको छ।
नेपाल सरकारले थप सतर्कता अपनाउनका लागि सामूहिक भेला, सेमिनार र गोष्ठी लगायतको कार्यक्रम जस्ता हूलहुज्ज नगर्न सतर्कताका लागि निर्देशन दिएसंगै मन्त्रालयका सचिव महेशप्रसाद दहालले मंगलवार नीजि तथा आवासीय विधालय अन्तर्गतका प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन दिएकोहो। आगामी चैत्र ६ गत्तेदेखि १५ गत्तेसम्म विधालय शिक्षा परिक्षा (एसिईई) हुने समय तालिका रहेको छ।
जिल्लास्तरीय परिक्षा कक्षा-५ देखि कक्षा-८ सम्म स्थानीय सरकारको पालिका अन्तर्गत रहेको हुन्छ। उक्त परिक्षा पनि केन्द्र निर्धारण नगरी आ-आफ्नोविधालयमा नै लिने व्यावस्था गर्न समेत मन्त्रालले निर्देशन दिएको छ।