फाप्लु अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लुलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

गोर्खा वेलफेयरद्वारा जिल्ला अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर, ३ सय थान पिपिई सेट र ३० थान पल्स अक्सिमिटर सहयोग गरेको हो ।

साथै युथ फर सेवा नेपालले ३ थान अक्सिजन कन्सन्ट्रेटर, २० थान रेगुलेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।