
सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा ३ थान भेन्टिलेटर जडानको काम सुरु गरिएको छ ।
नेपाल सरकारको कार्यक्रम अनुसार प्राप्त भएको १ थान, अस्पतालका पुर्व डाक्टर मिङमार ग्याल्जेन शेर्पाको पहलमा उपलब्ध भएको १ थान र नेपाल माउण्टेन फाउण्डेसनले उपलब्ध गराएको १ थान भेन्टिलेटर जडानको काम सुरु गरिएको अस्पतालले जनाएको छ ।
अहिले प्राविधिकको टोलीले अस्पतालमा भेन्टिलेटर जडानको काम गरिरहेको अस्पतालका सुचना अधिकारी बिजयप्रकाश ठाकुरले जानकारी दिए । जिल्लामा भेन्टिलेटर अभावकै कारण कतिपयले ज्यान समेत गुमाईसकेका छन् । नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भन्ने हेतुले भिन्टिलेटर जडानको काम भईरहेको छ ।
तर भेन्टिलेटर जडान सुरु भएपनि पुर्ण संचालनका लागि दक्ष जनशक्ति भने नभएको सुचना अधिकारी ठाकुरले बताए ।