फाप्लुमा शैक्षिक उन्नयनका लागि सांगितिक कार्यक्रम, तयारी पूरा
सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ४ मा रहेको दुधकुण्ड हिमालय आधारभुत बिद्यालय फाप्लुे शनिबार गर्ने सांगीतिक कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । बिद्यालयले शुक्रबार पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
“शैक्षिक उन्नयनका लागी विद्यालय ब्यवस्थापन” भन्ने मुल नाराका साथ राष्ट्रिय कलाकारहरुको उपस्थीतिमा कार्यक्रमको आयोजना गरिएको बिद्यालयकी प्रधानध्यापक होमा कटेलले बताउँनुभयो ।
कार्यक्रममा दाउथ राई, बिनोद खुम्बु राई, पावल राई, दिपा लामा, सुबोध गौतम, रीतु लामा, दीनेश जंङ कार्की, बिनोद भण्डारी लगायतका कलाकारको प्रस्तुती रहने छ । कलाकारहरु शुक्रबारनै कार्यक्रम सल्लेरी आईपुगेको विद्यालयले जनाएको छ ।
विद्यालयलाई आबश्यक गर्ने कम्युटर, प्रिन्टर, फोटोकपी मेसिन, बिद्यालय घेराबार लगातका काम गर्नका लागी बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।