'फेसबुकमा फोटो छ' बोलको म्युजिक भिडियो सार्वजनिक
-✍हाम्रो आवाज न्युज डटकम- 'फेसबुकमा फोटो छ' बोलको म्युजिक भिडियो बजारमा सार्बजानिक भएको छ । लब्ली तुलसीको शब्द रहेको यो गितमा गायिका दिपा तामाङ र गायक तथा संङितकार प्रियजन राईको सुमधुर स्वर रहेको छ ।
पुर्बेली जुनताराको अफिसियल युट्युब च्यानल बाट हिँजु सार्बजनिक भएको यो गितको एरेन्ज सुमन राईले गरेका हुन भने यो गितलाई एक्सन रेकर्डिङ स्टुडियोमा सुवास कुथुमी राईले रेकर्ड गरेका हुन।
मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेको यो गितको म्युजिक भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन।
ठेट पुर्वेली लोक भाकामा आधारित रहेको यो गित एउटा साँच्चो प्रेम कुनै बिबस्ता र बाध्यताले बिछोडिन्छ। त्यसपछि एक अर्कामा भएको माया र प्रेमको झझल्को एक अर्काको अभाब र न्याश्रो पन हरु लाई मेट्न फेसबुकमा आफ्नो अवस्था र गतिबिधिहरु थाहा पाउन अनि आफुलाई नियाल्न गितको माध्यम द्वरा एक अर्कालाई आग्रह गरेको बुझिन्छ।
पुर्बेली माटोको सुमधुर भाका र उत्कृष्ट गायन कलाले निक्कै माथी उठेको यो गितमा भाबनात्मक पक्ष हरुलाई निक्कै बल्लियो गीति कलाको माध्यमद्वरा कलात्मक ढंङ्गले यो गितमा प्रस्तुत गरिएको छ। समग्रमा यो गितको सबै पक्ष राम्रै भएको हुनाले यो गितलाई पनि दर्शक र श्रोता हरुले मन पराई दिने कुरामा गित निर्माण पक्ष बिश्वस्त रहेको कुरा हाम्रो आवाज न्युज डटकम लाई बताए।
गितको म्युजिक भिडियोको पुरा लिङ्क तल >>>>>