फोर्चे यूवा समूहलाई दोस्रो ङिमा दोर्जी शेर्पा स्मृती गोल्ड कपको उपाधि
सोलुखुम्बु – फोर्चे यूवा समूहको आयोजनामा खुम्बु पासाङल्हामू ४ फोर्चेमा सम्पन्न दोस्रो ङिमा दोर्जी शेर्पा स्मृती गोल्ड कप पालिका स्तरिय भलिबल प्रतियोगीताको उपाधि आयोजककै टिमले जितेको छ ।
फाइनलमा पाङबोचे आधारभूत विद्यालयको टिमलाई हराउदै फोर्चे यूवा समूहले उपाधिमाथि कब्जा जमाएको हो । विजेता समूहले ५ लाख बराबरको सुनजडित गोल्डकप प्राप्त गरेको छ । प्रतियोगीतामा उपविजेता बनेको पाङबोचे आधारभूत विद्यालयले ६० हजारमा चित्त बुझाएको छ ।
तृतीय बनेको खुम्जुङ यूवा क्लबले ४० हजार प्राप्त गरेको छ । । कात्तिक २९ देखि मंसिर १ गतेसम्म चलेको प्रतियोगीतामा खुम्बु पासाङल्हामू गाउँपालिकाले आर्थिक प्रायोजन गरेको थियो ।
बर्षेनी खुम्बुका क्लबले पालैपालो आयोजना गर्ने गोल्डकपको अर्को बर्षको आयोजकले यो बर्षको विजेता समूहलाई नगद ५ लाख भुक्तानी गरेर गोल्डकप लैजानेछ । himalsamachar