पिएसजी च्याम्पियन्स लिगकाे फाइनल प्रवेश

जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

गएराती पोर्चुगलको लिस्बाेनमा भएको पहिलाे सेमिफाईनल खेलमा पिएसजीले ३–० गाेल अन्तरले जित निकालेकाे हाे । लेप्जीग विरुद्धको खेलमा पिएसजीकाे जितकाे लागि गराउन मार्कीनोज, एन्ज डि मारिया र हुँवा कबर्नाटले एक एक गोल गरे ।

फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको यो पहिलो अवसर हो । पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सको ओलम्पिक लियोंबिच आज हुने दोस्रो सेमिफाईनल विजेतासँग खेल्नेछ ।