‘पिरतीको घर’सार्वजनिक (भिडियो)


काठमाण्डौँ – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ ।


लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् ।


छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् ।


गीतमा माया पिरतीकै कुरा गरिएको छ ।