
काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल वर्षाले प्रभावित हुँदा कोलकता नाइट राइडर्स पञ्जाव किंग्ससँग डिएलएसमा ७ रनले पराजित भएको छ ।
मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पञ्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
१९२ रनको लक्ष्य पछ्याएको कोलकताले १६ ओभर खेल्दै ७ विकेट गुमाएर १४६ रन बनाउँदा पानी पर्न थालेको थियो । वर्षा नरोकिएपछि खेलको नतिजा डिएलएसबाट तय भएको हो । १६ ओभरमा ७ विकेट गुमाउँदा पार स्कोर १५३ रन रहेकोले कोलकता ७ रनले पराजित भएको हो ।