पत्रकार प्रेम बानियाँ र समाजसेवी माेहन गिरीकाे पहलमा राहत वितरण
नवलपुर,सिन्धुपाल्चोक | ईन्द्रावती गाउँ पालिका वडा नम्बर - २ मा खाद्य सामाग्री वितरण गरिएकाे छ । ५७ घर परिवारलाई १ बाेराचामाल, १पाकेट नुन, १लिटर तेल र नुहाउने साबुन-२ वटा गरि २३००/ रूपैयाँ बराबरकाे सामान वितरण गरिएकाे स्थानिय केशब गिरीले बताए। ईन्द्रावती गाउँपालिका-२का समाजसेवी तथा श्री महेन्द्र माध्यमिक विद्यालयका पूर्व विब्यस अध्यक्ष समेत रहेका माेहन गिरी र पत्रकार तथा साहित्यकार प्रेम बानियाँकाे पहलमा साे सामान वितरण गरिएकाे हाे । गिरीले यस अगाडी पनि यस्ता विभिन्न तबरबाट सहयाेग गर्दै आएका छन् । उनले साविककाे कुञ्चाेक हाल ईन्द्रावती २ र ३का विद्यार्थीहरूलाई प्राबिधिक विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरूलाई यस बर्ष ७ जनालाई ५०,००० को दरले आर्थिक सहयाेग समेत गरेका थिए साथै ४ बर्ष भित्रमा प्राबिधिक विषयमा अध्ययन गर्ने ३० जना विद्यार्थीहरु उत्पादन गर्ने लक्ष्य लिएका छन भने हालै मात्र बिस्वब्यापी रूपमा फैलिए रहेको महामारी कोभिड-१९ काेराेना भाईरसका कारण समस्यामा रहेका ईन्द्रावती -२ का स्थानीयबासी सबै परिबारलाई माक्स, सेनिटाईजर र साबुन वितरण गरिएकाे थियाे ।
त्यस्तै पत्रकार तथा साहित्यकार प्रेम बानियाँले अमेरिकामा रहेर पनि नेपालका विभिन्न ठाउँहरुमा राहत वितरण गर्दै आएका छन् । अहिले भने गिरी र बानियाँले आफ्नै जन्मस्थान ईन्द्रावती-२ स्थित पाेखरे माथिल्लो गाउँमा १,५०,०००/ बराबरकाे खाद्यान्न सामाग्री आफ्नै गाउँमा बितरण गरेका छन ।