
२२ फागुन २०७६
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीकोबुधवार दोस्रो पटक सफल मृगौलाप्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षणअस्पतालमा विहान १० बजेशल्यक्रियाकक्षामा लगिएको प्रम ओलीकोप्रत्यारोपण ३ बजे सकिएको अस्पताललेजनाएको छ।
मृगौला प्रत्यारोपणमा १६ चिकित्सकसहभागी भएका थिए। प्रत्यारोपणशल्यचिकित्सक प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. अन्नत कुमार,पवनचालिसे, सुमन चापागाई र सुजित पौड्यालरहेका थिए। प्रत्यारोपण चिकित्सा टोलीमाप्रा. दिव्य शाहसहिकतको ६ जना चिकित्सकतथा एनेस्थीसिया तथा क्रिटिकल केयर ४जना चिकित्सक रहेका त्रिवि शिक्षणअस्पतालका कार्यकारी निर्देशकप्रा.डा.प्रेमकृष्ण खड्गाले जानकारी दिएकाछन।
त्रिवि अस्पतालमा दोस्रो पटक मृगौलाप्रत्यारोपण गर्ने प्रधानमन्त्री केपी शर्मा ओली११ औ विरामी हुन। प्रधानमन्त्रीलाई मृगौलादान गर्नु हुने वहाँको भाञ्जी समीक्षासंगौलाको स्वास्थ्य अबस्था पनि सामान्यरहेको छ। प्रधानमन्त्रीको मृगौलाप्रत्यारोपणको नेतृत्व प्रा. डाक्टर प्रेमराजज्ञावलीले गरेका थिए। उनका अनुसारओलीको शरीरमा चारवटा मृगौला भएकाछन्। वहाँको आफ्नै दुइवटा भए। एउटामृगौला १२ बर्ष अधि लगाएको भयो। अहिलेलगाएको चौथो हो।
ओलीको पहिलो पटक मृगौला प्रत्यारोपणगर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अन्नतकुमार अर्का एक मृगौला रोग विशेषज्ञमंगलवार भारतबाट आएका थिए। त्रिविशिक्षण अस्पतालले सफल प्रत्यारोपणभएको जनाएको छ।
अन्तराष्ट्रीय मापदण्डअनुसार मृगौलाप्रत्यारोपण गरिसके पछि मृगौलाले एक बर्षसम्म काम गर्ने तथ्याङ ९५ देखि ९६ प्रतिशतहुन्छ भने त्यसलाई मृगौला प्रत्यारोपणकोसफलतापूर्वक प्रत्यारोपण भएको मानिन्छ।त्रिवि शिक्षण अस्पतालको सम्बन्धमा ९८दशमलव ७ प्रतिशत रहेको युरोलोजिष्ट तथामृगौला प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराजज्ञवालीले बताएका छन्।
प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार मृगौलाप्रत्यारोपण गर्दा लिने-दिने उमेरको प्रभावहुन्छ। मृगौला प्रत्यारोपण गर्दा मृगौला दिने रमृगौला लिनेको उमेरले पनि असर गर्दछ।मृगौला लिने र दिनेको उमेरको अन्तर ५/१०बर्षको अन्तर भयो भने मृगौला बढी म्याचगर्दछ। अहिले सम्म मृगौला दिनेको उमेर कमदेखिन्छ।
ब्रेन डेथ भएको मान्छेको मृगौला प्रत्यारोपणगर्न सकिन्छ तर नेपालमा यस्तो अभ्यास गर्नसकिएको छैन। मृगौला दिने व्यक्ति स्वास्थ्यरहेका हुनुका साथै भविष्यमा आफैलाईमृगौलाको रोग सम्भावना रहेको हुनु हुदैन भने करिब ६०/७० बर्षको उमेर समुह सम्मकोमृगौला लिन सकिन्छ। त्यस्ता डोनरलाई“मार्जिनलाइज डोनर” भनिन्छ तर उत्तम डोनरमानिन्दैन।
मृगौला लिनेलाई उमेर समुहले रोक्दैन।नेपालको सन्दर्भमा ५ बर्षदेखि ७० बर्षउमेरको विरामीको प्रत्यारोपण गरेको पाईन्छ।भारतमा ९३ बर्ष उमेरको उमेरमा पनि मृगौलाप्रत्यारोपण गरेक छन् यस सन्दर्भमा उमेरज्यादा भयो भन्दैमा सबै अंगहरु कमजोरहुन्छन् भन्ने होइन। विरामीको शारीरिकअबस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
त्रिवि शिक्षण अस्पतालको सन्दर्भमा अहिलेसम्म सबै भन्दा कम उमेर ८ बर्ष र सबै भन्दाबढी उमेर ७५ बर्षसम्मको सफल मृगौलाप्रत्यारोपण गरिएको छ। प्रा.डा. प्रेमराजज्ञवालीका अनुसार नेपाल भित्र करिब एकहजार पाँच सय मृगौला प्रत्यारोपण भएकोछ। जस मध्ये त्रिवि शिक्षण अस्पतालले मात्रसात सय सफल प्रत्यारोपण गरिएकोतथ्यांक रहेको छ।