अमेरिकामा ओलीको कदम बिरुद्द ब्यापक बिरोध प्रदर्शन ।
✍️हाम्रो आवाज अनलाईन न्युज,अमेरिका
।अमेरिकाको न्यू योर्क मा प्रवासी नेपाली एकता मंच आदिबासी जनजाती महासंघ र नेपाली समाज अमेरिका साथै नेपाललाई माया गर्ने आम नेपाली नागरिकको तर्फबाट ब्यापक बिरोध कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई निरन्तरता दिन समिर महर्जनको सम्योजकत्वमा सबै संघ संस्था र सामाजिक अभियन्ताहरुलाई समेत समाबेश गर्दै जाने गरी बिरोध कार्यक्रम समिती समेत निर्माण गरेको बताइकोछ ।
प्रवासी नेपाली एकता मंचका अमेरिकाका महासचिब शंकर पन्त द्वारा सन्चालन गरिएको उक्त कार्यक्रममा नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन, प्रवासी नेपाली एकता मंच अमेरिका का अध्यक्ष टेक गुरुङ आदिबासी महासंघका पूर्व उपाध्यक्ष दन्डु शेर्पा आदिबासी महासंघ अमेरिका का महासचिब नरेन्द्र थापा प्रवासी नेपाली एकता मंच अमेरिकाका बरिश्ट उपाध्यक्ष एम मोक्तान, मंच कै युबा नेता राधा कृष्ण देउजा, भद्र महिला पार्वती थापा मगर लगायतले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक अलोकतान्त्रिक तथा अराजनितिक कदमको चर्को आलोचना गर्नु साथै राष्ट्रपतीय संस्थाबाट भएको लज्जास्पद व्यबहारको पनि बिरोध गरेका थिए ।
साथै हाम्रो आवाज अनलाईन न्यूज संगको छोटो कुराकानीमा प्रवासी नेपाली एकता मंच अमेरिकाका महासचिब शंकर पन्तले यो बिरोध अभियानलाई ब्यापक बनाउदै लाने बताउनु भयो ।